मेडिकल कलेजले गर्यो स्वास्थ्य विमा कार्यक्रम स्थगित
बाँके । बाँकेको कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले स्वास्थ्य विमा कार्यक्रम स्थगित गरेको छ ।
नेपाल सरकार, स्वास्थ्य विमा बोर्डबाट संचालित स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत विमा गरेका बिरामीहरुलाई नेपालगञ्ज मेडिकल कलेजले लामो समय देखि नै गुणस्तरीय स्वास्थ्य उपचार सेवा प्रदान आएकोमा नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट व्यक्तव्य मार्फत विमा मार्फत विमा कार्यक्रम २०७९ श्रावण १ गतेबाट सरकारी तथा सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै उपलब्ध गराउने भनि पारित गरिएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका निर्देशक प्रा. डा. रेशम बहादुर रानाले जानकारी दिए ।
सोही निर्देशन अन्तर्गत अस्पतालले दिदै आएको सम्पुणर् स्वास्थ्य विमा कार्यक्रम गत श्रावण ४ गते बाट स्थगित गरिएको सूचना जारी गरेको छ । यदि नेपाल सरकारले आगामी दिनहरुमा निजि स्वास्थ्य संस्थाबाट सेवा प्रदान गर्ने निर्देशन आएमा अस्पतालले पुनः स्वस्थ्य विमा कार्यक्रम लागू गर्ने जानकारी दिएको छ ।


