१४ मंसिर २०८३, आईतवार

आमनिर्वाचनको मिति घोषणा हुने

एसीपी संवाददाता

६ श्रावण २०७९, शुक्रबार ०८:१७ मा प्रकाशित

काठमाडौं – केही दिनअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउन ४ गते आमनिर्वाचनको मिति घोषणा हुने बताएका थिए ।

ललितपुरमा आयोजित कांग्रेस प्रशिक्षण भेलामा उनले साउन ४ गते निर्वाचनको मिति घोषणा हुने भएकाले अहिलेदेखि नै निर्वाचनको अभियानमा लाग्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिएका थिए । सरकारले मंसिरको पहिलो साता निर्वाचन गर्ने तयारी गरेको छ ।

यस आधारमा पनि निर्वाचनको मिति घोषणा भएको एक सय २० दिन तयारीका लागि समय चाहिने निर्वाचन आयोगको भनाइ छ । सोही कारण सरकारले बुधबार नै प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति घोषणाको गृहकार्य गरेको छ ।

चुनावको मिति सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना ज्योतिषीसँग राय लिइसकेका छन् । निर्वाचन आयोगले प्रस्ताव गरेकै आसपासमा चुनावको मिति तोक्ने सरकारको तयारी छ ।

असार २२ गते निर्वाचन आयोगले प्रधानमन्त्री देउवासँग बालुवाटारमा भेट गरेर मंसिर २ गते चुनाव गर्न प्रस्ताव गरेको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार एकै चरणमा चुनाव गर्न आयोगले प्रस्ताव गरेको छ ।

सरकार भने मंसिर ४ गते चुनाव गर्नेगरी मिति घोषणाको गृहकार्यमा जुटेको स्रोतले बतायो । ज्योतिष सुरेशचन्द्र रिजालले मंसिर ४ गते चुनावका लागि उपयुक्त रहेको यसअघि नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिसकेका छन् ।

राजनीतिक नियुक्ति, सरूवा र केही संसदीय प्रक्रियाको काम सम्पन्न गरेर मात्रै निर्वाचनको मिति घोषणा गर्ने मनस्थितिमा प्रधानमन्त्री देउवा छन् ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने प्रचलन भएकाले एक दिन अगाडि बुधबार नै मन्त्रिपरिषदको बैठक राखेर निर्वाचन मिति घोषणा हुन सक्ने बालुवाटार स्रोतले बतायो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x