१४ मंसिर २०८३, आईतवार

नेपाली काग्रेस र गठवन्धन

एसीपी संवाददाता

६ श्रावण २०७९, शुक्रबार ०९:३० मा प्रकाशित

ओम आचार्य

नेपाली काग्रेसमा गठवन्धन वि पी कोइराला जीवित रहुन्जेल काग्रेसले कसै संग कुनै पनि आन्दोलनमा र कुनै पनि राजनीतिक दल संग चुनावी तालमेल या गठवन्धन गरेन । त्यती खेर सम्म नेपाली काग्रेस अन्य पाटीको तुलनाम सवल र दरो थियो । देशको कुनै पनि राजनैतिक भुमिकामा या आन्दोलनमा नेपाली काग्रेस अग्रणी थियो र कांग्रेस कै वरी परी रहेर अन्य राजनितीकदलहरु पनि आफ्नो भुमिका र उपस्थिती जनाउन कुनैन कुनै रुपमा आफुलाइ सक्रिय गराउथे। त्यो सक्रियता प्राय काग्रेसको विपक्षमा देखिन्थ्यो तत्कालिन समयमा काग्रेसको प्रजातान्त्रिक आन्दोलनमा त्यो सक्ती बाँधकका रुपमा रहन्थ्यो र त्यही भएर वि पी त्यस्ता सक्तीहरु देखी टाढा र अलग भएर नै काग्रेसको छवि वनाउन सफल रहनु भयो । याहा सम्म की वहुदल कि निर्दल को जनमतसंग्रमा  विपी एक्लैले बहुदलको पक्षमा लाग्नु भयो त्यती खेर मनमोहन अधिकारी लगायत ( मोहन विक्रम वाहेक) बहदलकै पक्षमा रहेका पनि  अन्य राजनीतिक दलहरु काग्रेस को ठिक विपरित थिए धाँधली पुर्ण तरिकावाट जनमतको परिणाम विपक्षमा आएपछी अश्विकार को आन्दोलन सुरु भयो तर पनि विपी ले परिणाम स्विकार गरे पछी आन्दोलन स्थगित भयो त्यतिखेर काग्रेसमा अनुसाशन र नेताप्रती असिम श्रध्दा र निष्ठा पनि थियो तर अहिले  वि पी ले वनाइएको कांग्रेस को साख अहिलेका पुस्ताहरुले भोगीरहेका छन र त्यही साखमा आफ्नो इतिहास वनाउन प्रयत्नशील छन तर त्यो साखलाइ अक्षुण राखेर बचाउने भन्दा गिर्दो अवस्था पुर्याएको भन्नु पर्ने अवस्था छ।

वि पी को अवशान पछी २०४६ सालमा भएको आन्दोलनमा लौह पुरुष गणेशमान सिंहको नेतृत्वमा काग्रेसले अन्य राजनीतिक दलहरुसमेतलाइ सहभागिता गराएर आन्दोलन गर्यो । नेपाली काग्रेसको इतिहासमा अन्य राजनीतिक दलहरुसंग गठवन्धन गरेर गरिएको आन्दोलन अधिकारिक रुपमा सम्भवत यो नै पहिलो हो । त्यस पछीका समयमा अन्य दलहरु पनि स्थापित हुदै गए र नेपाली जनतामा परिचित हुदै गए त्यो गराउने श्रेय नेपाली काग्रेसलाइ दिदा हुन्छ लौह पुरुष गणेशमान सिंह को नेतृत्वमा त्यति खेर भएको आन्दोलन पंचायती व्यवस्थाबाट आजित भएर तत्कालिन राजशाही बाट पटक पटक काग्रेसलाइ धोखा दिदै साशन सत्ता संचालन गरेको कारणबाट नेपाली काग्रेसले अन्य राजनीतिकदलहरु समेतको सहभागितामा आन्दोलन गर्नु पर्ने अवस्था सृर्जना भएको हो । त्यो काग्रेसले आफ्नो नेतृत्वमा गरेको आन्दोलन राष्ट्र हित र राजनैतिक व्यवस्था परिवर्तनको लागी गरिएको थियो त्यस्ले राजनीतिक दलहरुलाइ एकआपसमा वैचारिक र सैध्दन्तिक रुपमा फरक भएपनि राजनीतिक व्यवस्था परिवर्तनको लागी एक ठाँउमा उभ्याएको थियो र त्यो कुनै निर्वाचनमा जाने गठवन्ंधन थिएन ।त्यो काम गणेशमान सिंहको नेतृत्वबाट सम्भव भयो तर पनि त्यस्को अर्को पाटा के भयो भने अन्य राजनितिक दलहरु स्थापित हुदै गए स्थापित गराउनेकाम काग्रेसले नै गर्यो र आफु कमजोर हुदै जाने अवस्था पनि पैदा भयो ।

६२/६३ को संयुक्त जन आन्दोलनले त मुलुकमा आमुल परिवर्तन नै आयो राजशाही गयो मुलुक धर्म निरपेक्ष भयो र मुलुक संघिय गणतान्त्रिकमा प्रवेश गर्यो र बहु पहिचानमा आयो । यो निस्चय राम्रो थियो । यस्ले जनताले चाहेको शाशन व्यवस्था आयो । याहा सम्म त ठिक थियो । त्यो पनि कुनै निर्वाचनमा जाने गठवन्धन थिएन । तर याहा सम्म आइपुग्दा त अरु राजनीतिक दलहरु पनि काग्रेसको समकक्षी दलहरुमा आफुलाइ स्थापित गराइ सकेका थिए । शशस्त्र आन्दोलनमा लागेको मओबादीलाइ पनि १२ बुदे शान्ती सम्झौताबाट नेपाली कांग्रेका नेता गिरिजा प्रसाद कोइरालाले मुलधारमा ल्याए । मुलुकमा माओवादी को शशश्त्र आन्दोलनले विश्राम लियो र सधैको त्रासदी समाप्त भयो यो कार्यले मुलुक तहस नहस हुनुबाट बच्यो र देशको राजनीति ले यौटा व्यवस्थित र स्थिर एवं दिगो राजनीतिक प्रणालीमा प्रवेस गर्यो यसरी माओवादीलाइ पनि काग्रेसले मुलधारमा ल्याएर माओबादीलाइ स्थापित पनि गर्यो ।  गुप्तचर विभाग , सम्पती सुदुढिकरण विभाग , लगायत संविधान परिषद जस्ता संबैधानिक आयोगहरुमा आफ्नो पकड़मा जवरजस्त राख्यो।अन्तत बमघटकमा मा जुगाको लडाइ र सत्ताको भोक र त्यस्लाइ भोग गर्ने चाहानाले एकता भंग भयो काग्रेसको नेतृत्वमा सरकार वनाउने अवसर आयो र वन्यो।

विचार र सिध्दान्त मा कुरा मिल्ने वामघटकहरुको एकतामा आएको विचलनले यिनिहरु भरपर्दो र विस्वसनिय नभएको देखिन्छ।

गठवन्धन केको लागी र किन

अहिले नेपालमा दुइ प्रकारको गठवन्धनको अभ्यास भएको देंखिन्छ यौटा सरकार वनाउन र अर्को निर्वाचनमा जान गठवन्धन गर्ने । र यो अभ्यास मुलुक मा गणतन्त्र आएपछी सुरु भयो ।काग्रेसमा यि दुइ कुरामा कुन गठवन्धन गर्ने यो विसयमा बहस भएको छैन  । सरकार वनाउने कुरामा गठवन्धन गर्ने विसय निर्वाचन पछीको स्थिती हो । यो स्थितीमा चुनावी आंकलनमा आफ्नो स्थिती सवल नदेख्दा र आफुमा पुर्ण विस्वास नहुदा अन्यदलसंग गठवन्धनको कुरा अगाडी वड्ने हो र अहिले काग्रेस यही अवस्था देखिएको छ । र अर्को कुरा गएको निर्वाचनामा वाम एकताले ल्याएको मत परिणामस्वरूप पनि काग्रेस तर्सिएको कारण वाम एकता रोक्न नै गठवन्धनको आवस्यक्ता वताउदै आएको छ

। तर यो काग्रेसको अध्यन र विश्लेषण  भविस्यमा कति दुरदर्शी हुन्छ त्यो विश्लेषण भने छैन । त्यो अवस्थामा कुनै पनि दलले स्पस्ट बहुमत ल्याउन नसके अवस्थामा अहिलेका पाचदलिय गठवन्धननै नै आगमी सरकार वनाउने मा पनि त्यती भर पर्दों र विस्वसनिय आधार किन देखिन्दैन भने यौटै विचार र सिध्दान्त भएका वामसक्ती आफ्नो पाटीविग्रह गरेर अलग पाटी वनाएर सरकार वनाउने ध्येयले कांग्रेस संग गठवन्ंधन गरे भने अहिले काग्रेस निर्वाचनमा जान गठवन्ध गर्छ भोली सरकार वनाउने समयमा यी पाँचदलको काग्रेससंग  राजनीतिक स्वार्थ मिलेन भने गठवन्धन नरहन पनि सक्छ र त्यती खेर एमाले संग गठवन्धन पनि हुन सक्छ । नेपालमा यस्तै अभ्यास र अभियानको थालनी भएको छ जुन विकृत र निराशाजनक अभ्यास हो ।

त्यतीखेर छिमेकी मित्र राष्ट चिनको भुमिकापनि त्यस्तै नहुन सक्छ भन्न सकिन्दैन ।

अहिले वास्तवमा कुनै पनि राजनीतिक दलले निर्वाचन प्रयोजनको लागी गठवन्धन गर्नु स्वस्थकर छैन । यस्तो अवस्थाको गठवन्धनले धेरै राजनीतिक विकृती पैदा गर्छ । र कार्यकर्ता मा पनि सिट वाँडफाडको विसयमा गठवन्धनको कारण असन्तुष्टी र नैराश्य पैदा मात्रै गर्दैन त्यतीखेर सबै दलमा अन्तरघात देखिन सक्छ। त्यती मात्रै हैन निर्वाचनजाने गठवन्धनमा अर्को खतरापनि के देखिन्छ भने गठवन्धन गरेका दलले आफ्नो पाटी भित्र पाटी अध्यक्षले नरुचाएका व्याक्तीलाइ साइड लाउने औज़ार को अवसरको रुपमा पनि लिन सक्छन ।सबै भन्दा ख़तरा सबै पाटी भित्र गठवन्धनहुदा देखिने रोग यो पनि हुन सक्छ ।

अरु पाटीको तुलनामा सबै भन्दा ख़तरा कांग्रेसमा कांग्रेसी ले नै देखेकाछन । अहिले पछिल्लो समयमा काग्रेसमा देखिएको बहस , छलफल , वैचारिक द्वन्दले यही पुस्टी गर्छ। जस्तो चौधो महाअधिवेशनमा पाटी सभापतीका उम्मेदवार रहेका डा. शेखर कोइरालाले तत्कालिन समयमा विधी प्रकृयागत कुरा गर्दै गर्दा हामी भागवन्डाको राजनीति गर्दैनौ भनेका ड. शेखर कोइरालाले ४०./.मत ल्याएर उपस्थिती देखाए पछी निर्वाचन नजिकिन्दै गर्दा ४०./.भागवन्डाको कुरा राखे । अहिले यो कुरा राख्नु पर्ने वाध्यता र आवस्यक्ता किन पर्यो । जहा सम्म डा. शेखर समुहमा समेटिएका नेता एंव कार्यकर्ताहरुको राजनीतिक सुरक्षा र प्रतिरक्षा कै लागी आएको हुन सक्छ । यो अवस्था सायद गठवन्धनको नाममा डा. शेखरलाइ र उन्का समुहमा समेटिएका नेता एंव कार्यकर्तामा भोली अन्याय पनि हुन सक्छ त्यही आंकलन गरेर डा. शेखरले भागवन्डाको कुरा उठाएको हुन सक्छ।

मैले भन्न खोजेको कुरा नेपाली काग्रेसले वि पी को अवसान पछी वाम सक्तीहरुसंग सहकार्य गठवन्धन चुनावी तालमेलको अभ्यास सुरु गर्यो र त्यहबाट काग्रेसमा वि पी विचार सिध्दान्त र निष्ठामा विचलन देखिन थाल्यो र कार्यकर्तामा चरम नैराश्य , पलायनता र उदासीनता वड्दै गएर  त्यो अन्तरघात को रुपमा विकसित हुन थाल्यो ।समग्रमा भन्नु पर्दा निर्वाचनमा जाने प्रयोजनको निम्ति गरिने चुनावी गठवन्धनले राष्ट्रीय राजनीतिमा राजनीतिक संस्कारको विकास गर्दैन यस्ले विभिन्न विकृती पैदा गर्छ । चुनाव पछी कुनै पनि दलले स्पस्ट बहुमत ल्याउन नसक्ने अवस्थामा अन्य दल संग सरकार वनाउन गठवन्धन गरिने अभ्यास र प्रचलन विस्वराजनीतिमा देखिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x