१४ मंसिर २०८३, आईतवार

मन्त्री श्रेष्ठ र भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता

एसीपी संवाददाता

६ श्रावण २०७९, शुक्रबार २०:२० मा प्रकाशित

काठमाडौँ,  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

आज मन्त्रालयमा भएको भेटमा उनीहरुबीच दुई देशबीच रहिआएको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको  मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

भेटमा मन्त्री श्रेष्ठले राजदूत श्रीवास्तवको कार्यकालमा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पु¥याउन सफल हुने विश्वास व्यक्त गरे । नेपाल र भारतबीच सदियौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध रहिआएको चर्चा गर्दै मन्त्री श्रेष्ठले दुबै देशबीच सहकार्यमा धेरै सम्भावनाहरू रहेको बताए ।

मन्त्री श्रेष्ठले गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुर्ण क्षमतामा संचालनका लागि नयाँ हवाई प्रवेश विन्दु उपलब्ध गराउन राजदूत श्रीवास्तवसँग प्रस्ताव समेत गरेका छन् । नयाँ हवाई प्रवेश विन्दु उपलब्ध भएमा उडान खर्च र समय घट्नुका साथै हवाई ट्राफिक जामको समस्या समाधान हुने मन्त्री श्रेष्ठको भनाइ छ । राजदूत श्रीवास्तवले नयाँ हवाई प्रवेश विन्दुको विषयमा छिट्टै निर्णयमा पुग्ने विश्वास दिलाए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x