१३ आश्विन २०८३, मंगलवार

मंकीपक्स संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनद्वारा आपतकाल घोषणा

एसीपी संवाददाता

८ श्रावण २०७९, आईतवार ०८:२५ मा प्रकाशित

विश्व स्वास्थ्य संगठनले मंकीपक्सको प्रकोप संसारका ७५ देशमा देखिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

विश्व स्वास्थ्य संगठनको आपकालिन समितिको दोस्रो बैठकले विश्वव्यापी आपतकालको घोषणा गरेको हो । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेड्रोस गेब्रेयससका अनुसार संसारका ७५ देशबाट १६ हजार भन्दा बढी मंकीपक्स संक्रमित पुष्टि भएको छ ।

उनका अनुसार प्रकोपका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनको यस्तो घोषणाले भ्याक्सिनको विकास र भाइरसको फैलावटलाई सीमित गर्ने उपायहरूको कार्यान्वयनलाई गति दिन मद्दत गर्ने उनले बताएको वीवीसीले समाचार लेखेको छ ।

  • चिनमा कोरोना पछि अर्को त्रास , युरोपमा पनि संकट

सन् १९५० को दशकमा मध्य अफ्रिकामा पहिलोपटक मंकीपक्स फेला परेको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x