१४ मंसिर २०८३, आईतवार

गृहमन्त्रीद्वारा अछामका पहिरो प्रभावितलाई तत्काल राहत दिन निर्देशन

एसीपी संवाददाता

९ श्रावण २०७९, सोमबार १३:०५ मा प्रकाशित

काठमाडौँ, । गृहमन्त्री बालकृष्ण खाँणले अछामको अछामका पहिरो प्रभावितलाई तत्काल राहत दिन निर्देशन दिएका छन् ।

तुर्माखाँद गाउँपालिका –२ भुलुमा आइतबार राति पहिरो गएको थियो । गृहमन्त्री खाँणले अछामका प्रजिअ विश्वराज मरासिनी र डिएसपी नारायण डागीलाई टेलिफोन गरेर आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसर बाकी नराख्न निर्देशन दिए ।

आवश्यक सहयोगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिँदै घाइतेको उपचार र तत्कालको राहत उपलब्ध  गराउन मन्त्रीले प्रमुख जिल्ला अधिकारीलाई भनेका छन् । आइतबार राति अमर विष्टको घर पहिरोमा पुरिँदा उनकी भाउजू हरिकला विष्ट, भाइ वीरेन्द्र विष्ट र भतिज १५ वर्षीय संविधान विष्टको मृत्यु भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x