१४ मंसिर २०८३, आईतवार

ट्राफिक प्रहरीद्वारा सवारी चालकहरुको लागुऔषध सेवन चेकजाँचको सुरुवात

एसीपी संवाददाता

११ श्रावण २०७९, बुधबार ०७:५० मा प्रकाशित

काठमाडौं । ट्राफिक प्रहरीले सवारी चालकहरुको लागुऔषध सेवन चेकजाँचको सुरुवात गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबारबाट विभिन्न प्रकारका सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी चेकजाँच अभियान सुरु गरिएको छ ।

उक्त अभियान निरन्तर संचालन गरिने र साथै स्कुल बस चेकजाँच गर्ने अभियान अन्तर्गत चेकजाँचको क्रममा गोगंबु चोक स्थित नयाँबसपार्कमा सिट क्षमता भन्दा बढी विद्यार्थी बोकेको बा २ क ८२५७ नं.को स्कुल बसले बढी विद्यार्थी बोकेको पाईएकोले नियमानुसार कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x