१४ मंसिर २०८३, आईतवार

नेपालगन्जका सामुदायिक बिद्यालयमा आकस्मिक निरीक्षण

एसीपी संवाददाता

११ श्रावण २०७९, बुधबार ०७:५३ मा प्रकाशित

बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले सोमबार नगर अन्तर्गत संचालनमा रहेका सबै सामुदायिक विद्यालयहरुको आकस्मिक निरीक्षण गरेका छन ।

शिक्षा प्रमुख गोर्ख बहादुर थापा सहित निरीक्षणमा पुगेका नगर प्रमुख बिष्टले विभिन्न विद्यालयमा शिक्षकहरुको समयमै विद्यालयमा गैरउपस्तिथि, आफुखुशी विदामा बसेका, हाजिरी नगरेको लगायतका लापरबाही भेटिएको नगर प्रमुख विष्टले जानकारी दिए ।

उनका अनुसार महेन्द्र मा.वि.मा १८ जना शिक्षक कार्यरत रहे पनि सोमबार विहान १०:१० बजेको समयमा ८ जना मात्रै शिक्षक उपस्थित रहेका पाइएको छ ।

यस्तै मंगलप्रसाद मा.वि.मा सरकारी कोषबाट तलब पाउने २१ सहित ५३ शिक्षक कार्यरत रहेकोमा सोमबार विहान १०:३० बजेको समयमा चार जना शिक्षकले मात्रै हाजिर रजिष्टरमा उपस्थिती जनाएको पाइएको छ ।

यस्तै कन्या मा.वि.मा १३ जना शिक्षक कार्यरत रहेकोमा एक जना स्वीकृत विदामा बसेको र अन्य सबै उपस्थित भएको पाइएको शिक्षा शाखा प्रमुख थापाले बताए । उक्त बिद्यालय मर्यादित रुपमा संचालनमा रहेको पाइएको छ ।

नगर प्रमुख विष्टले गैरजिम्मेवार शिक्षक तथा कर्मचारीलाई आवश्यक कारवाहीको प्रक्रिया अघि बढाउन शिक्षा शाखा प्रमुख थापालाई निर्देशन समेत दिएका छन । नगरमो निरीक्षण टोलीले पहिलो अनूगमन शिक्षकको उपस्थितीमा केन्द्रीत भएको जनाएको छ । आज सहित आगामी दिनमा पनि आकस्मिक निरीक्षण गरिने र शिक्षालाई गुणस्तर बनाउने बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x