१४ मंसिर २०८३, आईतवार

वन नियमावली ०७९ खारेज हुन्छः मन्त्री शर्मा

एसीपी संवाददाता

१३ श्रावण २०७९, शुक्रबार ०६:३८ मा प्रकाशित

बर्दिया । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलक शर्मा (हिमाल) ले सामुदायिक वन ऐन विरुद्धमा बनेको विद्येक खारेज हुने बताएका छन् । बुधबार बर्दियाको गुलरियामा सामुदायिक वनका समसामयिक सवाल तथा चुनौति विषयक अन्तरसम्बाद कार्यक्रममा मन्त्री शर्माले ऐन नै सबैभन्दा ठूलो कुरा भएको बताउँदै त्यही ऐन विरुद्ध नै सामुदायिक वन उपभोक्ताहरुको हीत बिपरित बनेको विद्येक खारेज हुने बताएका हुन् ।

 

उनले ऐनसंग बाझिने गरी बनेको नियमावलीहरु या प्रदेश ऐनहरु खारेज हुने बताउँदै यस विषयमा वन उपभोक्ताहरुलाई विश्वस्त रहन आग्रह गरेका थिए । कुनैपनि हालतमा उक्त विद्येक मान्य नहुने बताउँदै यो विषयमा उपभोक्तालाई धेरै चिन्तित नहुन र नआत्तिन मन्त्री शर्माको सुझाव थियो ।

त्यसैगरी सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रिय अध्यक्ष भारती पाठकले सरकारद्धारा जारी गरिएको अहिलेको वन नियमावली २०७९ पुर्ण रुपले समूदायको हीत विपरित भएको बताउँदै यो आफुहरुलाई कुनैपनि हालतमा मान्य नहुने बताईन् । उनले भनिन्,‘यो नियमावली पुर्ण रुपले वन उपभोक्ता र समूदायको हीत विपरित छ । जस्लाई खारेज गर्नकोलागी कानूनी प्रकृयामा जाने छौं ।’अध्यक्ष पाठकले वन क्षेत्रलाई रिर्सोट बनाउनकालागी वनबाट ढुंगा गिट्टी र बालुवा निकाल्न पाईने कुरालाई ०७९ को नियमावलीमा समेटेको प्रति पनि आफुहरुको गम्भिर ध्यानाकर्षण भएको बताईन् । ‘वन क्षेत्रमा ठूलाठूला रिर्सोटहरु बनाउन पाईने व्यवस्था ०७९ को वन नियमावलीमा गरिएको छ ।

समूदायिक वनले प्राप्त गरेको स्वायत्त अधिकारको भूमिकालाई पुर्ण रुपले निष्कृय बनाउने खालको विद्येक जारी गरेको प्रति हाम्रो आपत्ति छ र यसको विरुद्धमा हामी आन्दोलीत छौं ।’ अध्यक्ष पाठकले भनिन् । वन नियमावली २०७९ महिला विरोधी, आदिबासी जनजाती विरोधी, किसान विरोधी वनको भोग चलन गर्ने समूदाय विरोधी भएको भन्दै कार्यक्रममा सहभागीहरुले उक्त नियमावली खारेजीको माग गरेका थिए ।फेकोफनका केन्द्रिय सचिवालय सदस्य महोम्मद कर खाँले वन नियमावली २०७९ लाई सरकारले पनरविचार नगरे आफुहरुले दबाब स्वरुप आन्दोलनका विभिन्न कार्यक्रमहरु गरिने चेतावनी दिएका थिए ।  यसका साथै कार्यक्रममा उपस्थित एक सहभागीले वन्य जन्तु र मानव बीचको द्धन्द्ध न्यूनिकरणकालागी सरकारसंग आवश्यक व्यवस्थाको माग गर्दै उक्त विषयमा गम्भिरता पुर्वक ध्यान पुर्याउन आग्रह गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x