२१ बैशाख २०८३, सोमबार

लक्ष्मी लघुवित्त वित्तीय संस्था लि. द्वारा डुडुवा गाउँपालिकालाई चेक हस्तान्तरण

एसीपी संवाददाता

२६ जेष्ठ २०७७, सोमबार ११:३९ मा प्रकाशित

दिनेश ठाकुर,
बाँके, जेष्ठ २६। लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड ले बाँके जिल्लाको डुडुवा गाउँपालिकाको कोरोना राहता, विपत तथा क्वारेन्टिन व्यावस्थापनको लागी गाउँपालिकाको उप–प्रमुख साहीदा बानोलाई शाखाका शाखा प्रबन्धक सुमन राना मार्फत चेक हस्तान्तरण गरिएको छ ।

डुडुवा गाउँपालिका ५ बाँके स्थित लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कम्दी द्वारा कोरोना राहत, विपत तथा क्वारेन्टिन व्यावस्थापनको लागी आज रु.१०,०००।– को चेक हस्तान्तरण गरिएको हो । यस अघि संस्थाले सातवटै प्रदेश लाई २/२ लाखको दरले रु.१४००,०००।– सहयोग गरी सकेको छ, भने ७२ वटा शाखा कार्यालय रहेको स्थानिय कार्यालय मार्फत थप रु.७,००,०००।– गरी देश भरी जम्मा रु.२१०००००।– सहयोग हुने संस्थाले जनाएको छ ।

शाखाले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत केहि भए पनि कोरोना विरुद्धको लडाईमा एक्युबद्धता जनाउन पाएकोमा निकै खुशी लागेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालयका शाखा प्रबन्धक सुमन रानाले जनाउनु भएको छ । साथै शाखा कार्यालय अन्तरगत आफनो ग्राहक सदस्यहरुलाई सुरक्षित रहन र आगामी असार मसान्त सम्म व्याज दर घटेको हुदा जति सकिन्छ किस्ता जम्मा गर्न समेत संस्थाले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x