१४ मंसिर २०८३, आईतवार

विप्लव र प्रकाण्डलाई पक्राउ पुर्जी जारी

एसीपी संवाददाता

१६ श्रावण २०७९, सोमबार १२:०१ मा प्रकाशित

काठमाडौँ, १६ साउन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित अन्य नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ललितपुर जिल्ला अदालतले आज उनीहरुविरुद्ध पुर्जी जारी गरेको हो । उनीहरुविरुद्ध हातहतियार तथा खरखजाना कर्तव्य ज्यानविरुद्धको मुद्दा छ ।

अदालतले एक सूचनामार्फत भनेको छ, “२०७९/०४/०६ गतेको आदेशानुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८(१३) बमोजिम यो ३५ (पैंतीस) दिने पक्राउ पुर्जी प्रकाशित गरिएको छ ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x