१४ मंसिर २०८३, आईतवार

बामपन्थी पार्टीहरु शक्ति केन्द्रीत गर्दै, समाजवादी केन्द्र बनाउँदा बार्गेनिङ पावर बढ्ने

एसीपी संवाददाता

१६ श्रावण २०७९, सोमबार २१:०१ मा प्रकाशित

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा समाजवादी केन्द्र बनाउने तयारी भएको छ । कांग्रेससँग बार्गेनिङ तह बढाउन बामपन्थी पार्टीहरुबीच समाजवादी केन्द्र बनाउने तयारी भएको हो ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), जसपबाट अलग भएका बाबुराम भट्टराई र कम्युनिस्ट एकता अभियान सञ्चालन गरिहेका नेता वामदेव गौतम उक्त केन्द्र बनाउन छलफल गरिहेका छन् ।

चार पूर्वप्रधानमन्त्री र तीन पूर्वउप्रधानमन्त्रीसहितका नेताहरू समाजवादी केन्द्र बनाउन सहमतिनजिक पुगेका छन् । नेकपाकालीन सचिवालयका ५ नेताहरूबीच १९ असारमै उक्त सहमति भएको थियो । त्यसैको निरन्तरतास्वरूप गत मंगलबार सिंहदरबारमा छलफल चलाइएको थियो । सिंहदरबारमा पाँच नेताहरू प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ छलफलमा जोडिनुअघि बाबुराम भट्टराईले प्रचण्डसँग छलफल गरेका थिए ।

‘जसपाबाट बाबुरामहरु छुट्टिएपछि यसको शुरुवात भएको हो, प्रचण्डले पार्टीमा आउन आग्रह गरेका छन्, यद्यपि समाजवादी केन्द्र बनाउने विषयमा भने सहमतिनजिक पुगिसकेको छ’, स्रोतले भन्यो । अहिलेसम्म बाबुराम भट्टराईसहित यी पाँच नेताहरूको छलफल भने भएको छैन । बाबुराम भट्टराईले प्रचण्ड र माधव नेपालसँग छुट्टाछुट्टै भेट गरी समाजवादी केन्द्र बनाउने प्रयास भने गरिरहेका छन् । साथै, अहिलेसम्म जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि प्रष्टसँग बोलिसकेका छैनन ।

जसपाबाट बाबुरामहरु छुट्टिएपछि यसको शुरुवात भएको हो, प्रचण्डले पार्टीमा आउन आग्रह गरेका छन्, यद्यपि समाजवादी केन्द्र बनाउने विषयमा भने सहमतिनजिक पुगिसकेको छ’, स्रोतले भन्यो । अहिलेसम्म बाबुराम भट्टराईसहित यी पाँच नेताहरूको छलफल भने भएको छैन । बाबुराम भट्टराईले प्रचण्ड र माधव नेपालसँग छुट्टाछुट्टै भेट गरी समाजवादी केन्द्र बनाउने प्रयास भने गरिरहेका छन् । साथै, अहिलेसम्म जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि प्रष्टसँग बोलिसकेका छैनन ।

एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालका अनुसार नेकपाकालीन पाँच नेताहरूबीच तीन वटा विकल्पमा छलफल भइरहेको छ । विखण्डित र विभाजनमा गएको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्नका लागि यी विकल्पमा छलफल भइरहेको स्रोतको दावी छ । एमालेबाट विभाजित भएको पार्टी नेकपा एसका धेरै जसो नेताहरु एमालेसँगै सहकार्य गर्नुपर्ने वा एमालेमा पार्टी मिलाउनु पर्ने पक्षमा रहेको भएपनि समाजवादीका शीर्ष नेताहरु भने प्रचण्डको नेतृत्वमा समाजवादी केन्द्र बनाउने विषयमा अघि बढेको स्रोतको दावी छ ।

तत्काल पार्टी एकता सम्भव नहुने भएकाले समाजावदी मोर्चा बनेमा एउटै चुनाव चिन्ह र घोषणापत्र लिएर चुनावमा जाने योजना नेताहरूको छ । संघीय र प्रदेशसभाको चुनावमा एउटै चुनाव चिन्ह र घोषणापत्र लिएर जाँदा मतबदर कम हुने सम्भावना भएका कारण उनीहरूले यस्तो रणनीति लिएको हुनसक्ने बताइएको छ । तर, समाजवादी केन्द्रले तत्काल कांग्रेससँगको गठबन्धनको विकल्प भने खोज्ने छैन । कांग्रेससँग गठबन्धन गर्दा बढ्ता सिट बार्गेनिङका लागि पनि मोर्चा बनाउन लागेको चर्चा पनि भइरहेको छ ।

कांग्रेसले थोरै सिट दिने भएकाले पनि प्रचण्डले सत्ताबाहिर र सत्तामा रहेका कम्युनिष्टहरुलाई जोडेर एउटै केन्द्र बनाउने रणनीति लिएको स्रोतको दावी छ । माओवादी जोसँग मिल्यो, आगामी निर्वाचनमा उसैको पल्लाभारि हुने निश्चित जस्तै भएपछि माओवादीले आफूलाई च्याँखे दाउमा राख्ने तर त्यसका लागि अन्य दल पनि मिलाएर आफूहरुको शक्ति पनि छ भनेर देखाउनका लागि समाजवादी केन्द्र बनाउने तयारी गरेको स्रोतको दावी छ ।

उता नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र माओवादीका कारण आफ्नो पार्टी कमजोर भएको बताएका बेला प्रचण्डले समाजवादी केन्द्र बनाउने प्रस्ताव गर्दा उनी सहमत भएको बताइएको छ । कांग्रेस र माओवादीको भर पर्दा आफ्नो पार्टी कमजोर भएको बताएका बेला प्रचण्डले यस्तो प्रस्ताव गरेका थिए ।

अहिलेको गठबन्धनको कुनै भरोसा नभएको तर गठबन्धन आवश्यक रहेको बताउदै सो धारणा राखेका थिए । ‘गठबन्धनको धेरै भरोसा छैन । गठबन्धनको भर परेपछि अरुको सहारामा बाँच्नुपर्दोरहेछ’ अध्यक्ष नेपालले भने । ‘अरुको भरमा बाँच्ने मान्छेले केही गर्न सक्दैन । आफ्नै शक्तिमा भरोसा गर्ने, आफ्नै तागतमा जित्छु भन्ने भरोसा भएकाहरुले पार्टीको पनि विश्वास जित्न सक्दा रहेछन् ।’अफ्नो आधार र शक्ति बनाउन नसक्नेहरु अरुको आशामा बाँच्नुपर्दौ रहेछ भन्ने उनको स्वीकारोक्ति थियो । त्यसकै आधारमा पनि बामपन्थी पार्टीहरुले शक्ति केन्द्रीत गर्न थालेका हुन् । नेपालबहस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x