२१ बैशाख २०८३, सोमबार

भारतले दिने २ अर्ब ९५ करोड रुपैयाँ अनुदानबाट ५६ वटा सामुदायिक विद्यालय भवन पुननिर्माण हुने

एसीपी संवाददाता

२६ जेष्ठ २०७७, सोमबार १३:४१ मा प्रकाशित

फाइल / तस्बिर

२६ जेठ,काठमाडौं । भारतले भुकम्पबाट भत्किएका विभिन्न जिल्लाका ५६ वटा सामुदायिक विद्यालय भवन पुनर्निर्माण गर्न करिब ३ अर्ब रुपैयाँको अनुदान सहयोग गर्ने भएको छ । सोमबार शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यन्वयन इकाइ र भारतीय दूतावासबीच सो सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

भारतले दिने २ अर्ब ९५ करोड रुपैयाँ अनुदानबाट गोरखा,नुवाकोट,धादिङ,दोलखा,काभ्रेपलानेक,रामेछाप र सिन्धुपाल्चोक जिल्लाका ५६ वटा सामुदायिक विद्यालय भवन पुननिर्माण हुनेछन् । भवन निर्माण नेपाली ठेकेदारले गर्नेछन् ।

विद्यालय भवनहरु नेपाल सरकारको मापदण्ड अनुसार पुनर्निर्माण हुने र त्यस अन्तर्गत शैक्षिक भवन, कार्यालय भवन, फर्निचर,शौचालय लगायतका सबै पूर्वाधार छन् । भारतको केन्द्रीय भवन अनुसन्धान प्रतिष्ठान लगायतका संस्थाले भूकम्प पतिरोधी भवन निर्माणमा प्राविधिक सहयोग गर्ने काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । सभार अनलाइन खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x