चर्को घाम, चर्को नारा लगाउदै राप्रपाको ज्ञापन पत्र

अहिले को अवस्थामा सवैधानिक राजतन्त्रको विकल्प बाहेक अरु कुनै बिकल्प छैन भन्दै राष्ट्रिय प्रजा्तन्त्र पार्टी राप्रपाले ज्ञापन प्रधानमन्त्रीलाई जिल्ला प्रशासन कार्यालय बाँके मार्फत ज्ञापन पत्र बुझाएको छ ।

आम नेपाली नागरिक जागौ,भ्रष्टाचारी सरकार मुर्दाबाद,लोकतन्त्र खतरामा भन्दै हिन्दु राष्ट्र कायम गर मुल नाराका साथ जिल्ला प्रशासन कार्यालय बाँके मार्फत
। छाप निसान तत्काल परिवर्तन गर्ने प्रस्ताव ,नयाँ नक्सा संशोधन प्रस्तावको ढिलासुस्ती,कोरोना महामारी अव्यवस्थित,भ्रष्टाचारमा लिप्त र रुकुममा ६ जना युवाको ज्यान जानेगरि भएको दुखद घटनाका दोषिलाई कार्बाहीको माग गर्दै राप्रपा बाँकेले आज सिडियो कार्यालय मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराउन ज्ञापन बुझाएको छ ।

राप्रपाका महामन्त्री डा. धवल सम्शेर राणा, नेताहरुमा ओम प्रकाश आजाद,सलाहुदिन जसगड् , रिषी देवकोटा,सुरेन्द्र गुप्ता,निखील बैश्य,सफिक बेहना , बिबेक लगाएत नेता कार्यकर्ताको सहभागीमा राप्रपाको कार्यालयबाट त्रिभुवन चोक हुदै जिल्ला प्रशासन सम्म चर्को घामका बावजुद चर्को नारा सहित ज्ञापन पत्र बुझाएको छ ।



