५ असार २०८३, शुक्रबार

कोरोना संक्रमित गर्भवतिको मेडिकल कलेज कोहलपुरमा सफलता पूर्वक शल्यक्रिया,भोलीबाट सबै सेवा नियमित हुने

एसीपी संवाददाता

२७ जेष्ठ २०७७, मंगलवार ११:५५ मा प्रकाशित

कोरोना संक्रमित गर्भवतिको मेडिकल कलेज कोहलपुरमा सफलता पूर्वक शल्यक्रिया भएको छ । ठूलो आन्द्रामा समस्या भएपछि संक्रमित गर्भवतिलाई हिंजो हेलिकप्टरमार्फत् अछामबाट कोहलपुर ल्याइएको थियो । मेडिकल कलेजका प्रा.डाक्टर मोदनाथ मरहठ्ठा, अनुप शर्मा, डा.प्रदीप थापा, डा.आशिष भट्ट, डा. श्रीष आचार्य, स्टाफ नर्सहरुरु सुनिता योगी, सुस्मिता गुरुङ्ग, निर्मला बैगारलगायतको टिमले शल्यक्रिया गरेको लर्ड बुद्ध एजुकेशनल एकेडमी सहायक निर्देशक डा.नितेश कुमार कनोडिया र नेपाल मेडिकल कलेज कोहलपुरका उप निर्देशक डा. दिनेश श्रेष्ठद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कोरोना संक्रमित गर्भवतिको शल्यक्रिया गर्नुपर्ने भएपछि अस्पतालले आज आफ्ना नियमित सेवा बन्द गरेको थियो । तर भोलीबाट भने सबै सेवा नियमित हुने विज्ञप्तीमा उल्लेख छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x