५ असार २०८३, शुक्रबार

कोरोना रोकथामका लागि स्वास्थ्यमा अमेरीकी सहयोग जारी,शिक्षामा भारतले सहयोग गर्ने

एसीपी संवाददाता

२७ जेष्ठ २०७७, मंगलवार १४:०५ मा प्रकाशित

फाइल / तस्बीर

नेपालमा कोभिड–१९ कोरोना रोकथाम तथा नियन्त्रणका लागि अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसइआईडी) मार्फत नेपाललाई थप ५५ लाख अमेरिकी डलर सहयोग आएको छ । अमेरिकी राजदूत ¥यान्डी बेरीले युएसएआईडीको नयाँ कोभिड–१९ प्रतिकार्य सहायता घोषणा गरेका छन् । यस अघि नेपाललाई अमेरिकी सरकारले सहयोग उपलब्ध गराएको कोभिड–१९ सहायता कोष ७३ लाख डलर पुगेको छ । अमेरिकाले निजी क्षेत्रको लगानीबाट लाभ लिदै उक्त सहायताले जोखिमयुक्त क्षेत्रमा स्थानीय सरकार तथा निकायहरूलाई कोभिड–१९ का आर्थिक–सामाजिक प्रभावसम्बन्धी मूल्याङ्कन, योजना तथा प्रतिकार्यसम्बन्धी कार्यमा सहयोग गर्ने बताएको छ ।

फाइल / तस्बीर

यसै बीच शिक्षा क्षेत्रमा भारत सरकारले नेपालमा भुकम्पबाट भत्किएका विभिन्न जिल्लाका ५६ वटा सामुदायिक विद्यालय भवन पुनर्निर्माण गर्न करिब ३ अर्ब रुपैयाँको अनुदान सहयोग गर्ने भएको छ । सोमबार शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यन्वयन इकाइ र भारतीय दूतावासबीच सो सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । भारतले प्रदान गर्ने रकम २ अर्ब ९५ करोड रुपैयाँ अनुदानबाट गोरखा,नुवाकोट,धादिङ,दोलखा,काभ्रेपलानेक,रामेछाप र सिन्धुपाल्चोक जिल्लाका ५६ वटा सामुदायिक विद्यालय भवन पुननिर्माण हुनेछन् । भवन निर्माण नेपाली ठेकेदारले गर्नेछन् यो निमार्ण कम्पनीहरुका लागि आय आर्जन हुने बताईएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x