७ आश्विन २०८३, बुधबार

पर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

एसीपी संवाददाता

२३ श्रावण २०७९, सोमबार ०६:०४ मा प्रकाशित

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।

त्यस क्रममा मन्त्री श्रेष्ठले विमानस्थलको संरचना तथा सुधारका लागि भएका प्रयासका बारेमा जानकारी लिँदै यात्रुहरूलाई सहज हुने गरि व्यवस्थापन चुस्त दुरुस्त राख्न निर्देशन दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई अन्तर्राष्ट्रिय जगतमा जोड्ने प्रमुख विमानस्थल रहेको चर्चा गर्दै मन्त्री श्रेष्ठले सेवा प्रवाह चुस्त दुरुस्त बनाउन व्यवस्थापनलाई निर्देशन दिए ।

सो अवसरमा उनले विमानस्थलको समग्र सुधार र व्यवस्थापन आफ्नो प्राथमिकतामा रहेको बताउनुहुँदै ७३ बुँदे कार्ययोजनामा समेत विमानस्थलको क्षमता विस्तार र आधुनिकीकरणको कामलाई समेटिएको बताए।

पछिल्लो समय धावनमार्ग निर्माण, पार्किङ स्थल, प्रस्थान तथा आगमन हल निर्माणले सेवा प्रवाहमा सुधार भएको छ । विमानस्थलका अधिकारीहरुले कोरोना महामारीपछि विमानस्थल पुरानै लयमा फर्कन थालेको जानकारी दिएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल २७ वटा मुलुकमा सिधा उडान भइरहेको छ भने २६ विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । आन्तरिक उडानतर्फ ११ वटा कम्पनीले सेवा दिइरहेका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थल चौबिसै घण्टा तथा आन्तरिक उडान दैनिक १८ घण्टा सञ्चालनमा रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x