५ असार २०८३, शुक्रबार

नवलपरासीमा रोग प्रतिरोधक शक्ति बढाउने आयुर्वेद अौषधी वितरण

एसीपी संवाददाता

२७ जेष्ठ २०७७, मंगलवार १५:१५ मा प्रकाशित

संजय कुशवाहा /नवलपरासी २७ जेठ विगतको केही बर्ष देखी हजारौं मानिसहरु आयुर्वेद औषधी तर्फ आकर्षित हुदै गएको देखिन्छ। बिरामीहरुको चाप दिनहुँ बढदै जादा ठुल ठुला अस्पतालहरुमा धाउने प्रचलन रहेता पनि केही मानिसहरुले आयुर्वेद औषधी निकै प्रभावकारी रहेको बताऊछन । यसै गरि पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिका वडा न.६ गुठी परसौनीमा रहेको आयुर्वेद औषधालयले निकै प्रभावकारी हुदै गएको साथै उक्त औषधालयमा दिनहुँ बिरामीहरुको चासो पनि बढदै गएको छ । अायुर्बेद अौषधालयले प्रतापपुर गाउपालिका अन्तर्गत पर्ने वडा न. १ देखि वडा न.९ सम्मका प्रतेक क्वारेन्टाइन मा बसेका नागरिकहरूलाई च्वनप्रास र अस्वगन्ध नि:शुल्क बितरण गरेकाे छ ।

क्वारेन्टाइनमा बसेका नागरिकहरुकाे लागि तन्दुरुस्त रहन तथा शारीरिको रोग प्रतिरोधक शक्ति बढाउने उदेश्य का साथ बितरण गरिएकाे अायुर्बेद शाखाका प्रमुख दिनबन्धुु मिश्रले जानकारी दिनु भयाे। अायुर्बेद अौषधालयबाट उपलब्ध सामान प्रतापपुर गाउपालिका अध्यक्ष राजकुमार शर्माले प्रतेक वडाको क्वारेन्टाइन ब्यवस्थापन समितिलाई हस्तान्तरण गर्नु भएकाे थियाे । सो गाउपालिका भित्र रहेकाे प्रत्येक वडाकाे क्वारेन्टाइन मा बसेका दुई सय जनालाई बितरण गरिने याेजना रहेकाे वहाले बताउनु भयाे । लगत्तै प्रतेक क्वारेन्टाइनमा बितरण कार्यक्रम पश्चात याेगा समेत गराईएकाे थियाे। गुठी परसौनी अायुर्बेद अौषधालयले निशुल्क रुपमा विभिन्न राेगकाे अायुर्बेद अाैषधि समेत लामाे समय देखि गर्दै अाएकाे छ । विभिन्न समयमा याेगा , नि:शुल्क स्वास्थ शिविर तथा जनचेतनामुलक कार्यक्रम समेत सन्चालन गर्दै अाएकाे अायुर्बेद अौषधालयले जनाएकाे छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x