१४ मंसिर २०८३, आईतवार

काठमाडौंको एक जुत्ता कारखानामा लागेको आगलागी पुर्ण रुपले नियन्त्रणमा

एसीपी संवाददाता

२६ श्रावण २०७९, बिहीबार ०६:२३ मा प्रकाशित

काठमाडौं । काठमाडौंमा एक जुत्ता कारखानामा लागेको आगलागी पुर्ण रुपमा नियन्त्रणमा लिईएको छ ।

काठमाडौं महानगरपालिका वडा नं.१३, बालाजु स्थित बाईपास चोकमा रहेको वन वर्ल्ड जुत्ता कारखानामा बिद्युत सर्ट भएर आज आगलागी भएको नेपाली सेना जनाएको छ ।

जसपश्चात नेपाली सेनाको श्री नं.१ बाहिनी अड्डाबाट खटिएको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्थानीय बासिन्दाहरुको संयुक्त सहयोग तथा जुद्ध बारुण नियन्त्रण, महानगरपालिका र उपत्यका कमाण्ड हे.क्वा.मा रहेको दमकल गोटा-३ (तीन) प्रयोग गरि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिईएको नेपाली सेनाले जानकारी दिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x