१३ जेष्ठ २०८३, बुधबार

नरैनापुरले पायो डाक्टर नेताहरु द्धारा स्वागत,स्थानिय खुशी

एसीपी संवाददाता

२८ जेष्ठ २०७७, बुधबार १५:१६ मा प्रकाशित


बाँकेको नरैनापुर प्राथमिक स्वास्थ्य चौकीमा डाक्टर सागर पन्तलाई चितवनबाट प्राथमिक स्वास्थ्य पठाएको सरकारी निर्णयको स्थानिय निकायले बुधबार स्वागत गरेको छ । केही महिना यता नरैनापुर तनाव बन्दा र पहिला काम गरी रहेका डाक्टरको सरुवा भएको बेलामा नर्स सहितका स्यास्थ्यकर्मी रहेका बाट मात्र स्वास्थ्य सेवा प्रदान हुदै आएको थियो ।

नरैनापुर गाउँपालिकामा कोरोनाको अवस्था न्यून हुदै गएको छ । अहिले नरैनापुरका कोरोना संक्रमितहरु निको हुदै गएका छन् ।

क्वारेन्टाइनहरु बिस्तारै सुधार हुदै गएको छ । स्थानियबासीहरुले हामी सबै मिलेर गरेको प्रयास सफल भएको देखिन थालेको छ । यसैबीच नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियक अहमद शाह तथा प्रदेश सासद कृष्णा के.सि नमुना को उपस्तिथीमा गाउँपालिकाले स्वागत गरेको छ ।

नेपालगन्जको आयुर्बेद डाक्टर अनिल कुमार चौधरी सहितको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो । नेपालमा कोरोना महामारीका कारण जारी लकडाउनका बीच बाँकेको महिना देखि कोरोना बाट ग्रसित बनेको नरैनापुरमा स्थानियहरुले खुशी ब्यक्त गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x