कोरोनाको नाममा खर्च भएको १० अर्ब र कमजोरी लुकाउन राष्ट्रबादको खोक्रो नारा

लक्ष्मी थारु/ सरोज – जेठ २९ गते देशमा सरकार असफल हुना थाल्यो भने,सत्तासिन सरकारका नेता तथा कार्यकर्ता भ्रष्टाचारमा फस्न लाग्यो भने, निर्मला हत्याकाण्ड जस्ता थूपै्र घटनाहरु छन् ।

देशमा नेताहरुकै मिलोमतोमा सुन काण्ड केस सेलाउनु ,


देशमा हत्या हिंसा जातिय द्धन्द्ध मौलाउनु , त्यस पछि सत्तासिन दुई तिहाइ बहुमतको सरकार चलाएको नेकपा पार्टीको रणनिती नेपाली जनतालाई झुक्याउने गरी राष्ट्रबादको खोक्रो नारा लगाई भ्रष्टाचार सहित सरकारको असफतालाई ढाकछोपले यो प्रमाणित गरेको छ कि सरकार अहिले असफल हुदै गएको छ । अहिले सम्म निर्मला हत्या काण्ड दोषीहरु कहाँ छन् ,रुकुम घटना ताजा नै छ यता सरकारले देशमा महामारीको रुपमा रहेको कोरोना भाइरसको रोकथाममा पनि असफल हुदै आएको छ । स्वास्थ्य समाग्रीमा खरीद भएका तथ्य प्रमाणहरु जनता माँझ राख्नु पर्ने प्रमुख प्रतिपक्षी दल काँग्रसले माँग गर्दै आएको छ । करिब १० अर्बको स्वास्थ्य समाग्री खरीद भएको छ । कहाँ बाट कति दररेटमा खरीद भएको कुरा प्रतिपक्षका नेताहरु सार्वजनिक गर्ने माँग गरेका छन् । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको रोकथाम नियन्त्रण र उपचारमा बजेट केन्दित रहेको बताउदै कोरोनाबाट सबै क्षेत्रमा असर परेको भन्दै प्रयासहरु शतप्रतिशत ठिक नभए पनि प्रयास प्रभावकारी भएको दावी गर्छन विश्व स्वास्थ्य संगठनको आधारमा हेर्ने हो भने साउनको मध्यमा उच्च बिन्दुमा पुग्ने र कार्तिकबाट कम हुने उहाँले बताउनुभयो । यहाँ बुझन् के जरुरी छ कि देशका प्रधानमन्त्रीले शत प्रतिशत ठिक नभएको कुरा स्वीकार गर्छन तर भ्रष्टाचार रोक्न कुनै कदम चल्न बाट डराउछन् के सत्ताको मोह नै ठुलो हो अहिले नेपाली जनताको कुनै औचित्य छैन् । देशका नागरिक लाई स्वास्थ्य सहयोगका लागि आएको रकम भ्रष्टाचार भएको वहाँको सम्बोधन मै आफै स्वीकार गरेको जस्तै छ । सत्ता मोहले हत्या, हिंसा, भ्रष्टाचार ,जातिय द्धन्द्ध र अन्य घटनालाई लुकाउन साथै बिभिन्न संचार माध्यममा प्रकाशित समाचारका बारेमा प्रधानमन्त्री ओलीले राष्ट्रपति निवासको प्रयोजनका लागि किनिएको सामग्रीको विरोध प्रकारान्तरले गणतन्त्रकै विरोध भएको टिप्पणी पनि गरे भन्दा के हो भ्रष्टाचारको बोल्न पाइदैन यो कम्यूनिष्ट सरकार हो भन्ने कुरा के नेपाली जनता बुझनु पर्ने हो कि । नेपाली जनताको बिरोधका बावजुद प्रधानमन्त्री ओलीले विवादित एमसीसी सम्झौता कार्यान्वयन हुने बताउनुभयो दावी समेत गरेका छन् । प्रधानमन्त्रीले आफ्नो सरकारमा भएको भ्रष्टाचार बारेमा केही बोलेनन् किन त्यो सत्य हो त्यसैले बरु भारत संग अहिले सम्म केही गर्न सकेनन् सरकार आएको मिती देखि लागेमा केही हुन्थ्यो कि अहिले असफल सरकार हुन बाट जोगाउन प्रधानमन्त्री भारत तर्फ इशारा गरेको हो कि भन्ने सोच पनि छ नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको एक महिना हुन लाग्यो । यसैबीच बुधबार प्रतिनिधिसभामा उपस्थित प्रधानमन्त्री ओली भारतविरुद्ध पुनः आक्रमकरुपमा प्रस्तुत भए । के इ सबै समस्यालाई थाती राखेर भारत तर्फ चर्को नारा र भाषणले राष्ट्रबादको नारा सत्तासिन फेरी आउने सपना पक्का हो कि जस्तो ठानेकै हो । प्रधानमन्त्रीले अहिले सम्म नक्सा मात्रमा सिमित छन् त्यो पनि कहिले सम्म हो त्यस पछि के गर्छन् नेपाली जनतालाई भारत बिरुद्ध उक्साउने भोट लिनेका मात्र प्रयोग हुदै आएको भनेर जनतालाई ठग्ने हुन यसरी भारतले सिमा मिच्योभनेर कहिले सम्म सुन्ने हो यसको निराकरण पनि हुनु पर्यो नि । भारतको बिरोधले मात्र नेपाली जनताले असल राष्ट्रवादी नेता मान्ने छन् थाहा पाएर प्रधानमन्त्रीले पटक पटक कुरा उठाएर आफ्नो असफता र भ्रष्टाचारका कुरा न गर्नुस भन्नु कतिको उचित हो ।
सांसद गगन थापाले सोधेको प्रश्नमा जवाफ दिँदै उनले भने, ‘प्रतिरोधी क्षमता राम्रो छ भनेर ? कसले भनेको (रे) ? मैले भनेको हो ।’ उनले कुनै डाक्टर वा वैज्ञानिकबाट चुनौती आएमा आफूले स्विकार्ने पनि बताए ।तर, एक सरकारी अस्पतालका चिकित्सकले नेपालीहरूको रोग प्रतिरोधात्मक क्षमता अन्य मुलुकको तुलनामा राम्रो छ भन्नु पनि आधारहीन तर्क भएको बताएका छन् ।‘प्रधानमन्त्रीजस्तो व्यक्तिले दालभात, तरकारी, अचार र ढिँडो खाने गरेकाले नेपालीको रोग प्रतिरोधात्मक क्षमता राम्रो छ भन्नु घामलाई हत्केलाले छेकेर अन्धकार छ भन्नुजस्तै हो । खै हामीले चिकित्सा विज्ञानमा त त्यस्तो केही कुरा सुनेकै छैनौं,’ नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘त्यस्तै हो भने प्रधानमन्त्रीलाई जाजरकोटमा हरेक वर्ष झाडापखालाले किन मान्छे मर्छन् ? नेपालीलाई किन औलो, डेंगु र क्षयरोग बढी देखिन्छ भनेर पनि सोध्नुपर्ने भयो ।
प्रमुख प्रतिपक्ष कांग्रेसले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले गरेको खर्चको हिसाब मागेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा पार्टीका तर्फबाट धारणा राख्दै सांसद गगन थापाले सरकार कोरोना रोकथाममा असफल भइसकेको र भ्रष्टाचारमा लिप्त भएको आराेप लगाए । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबारको बैठकमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा ९ अर्ब ८७ करोड खर्च भएको बताएका थिए ।’१० अर्ब खर्चको हिसाब चाहिन्छ । ५ पीसीआर मेसिन र २५ हजार पीसीआर किट किनेर १० अर्बको हिसाबकिताब देखाउनुपर्दैन ?,’ थापाले भने । मन्त्रालयमा भएको अनियमिततामा एउटा कर्मचारीलाई सरुवा गरिएका भरमा संसद्ले उन्मुक्ति दिन नसक्ने उनको भनाइ थियो ।



