१४ मंसिर २०८३, आईतवार

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि २२ दिने काङ्ग्रेसको चुनावी अभियान

एसीपी संवाददाता

२९ श्रावण २०७९, आईतवार ०६:५४ मा प्रकाशित

नेपाली कांग्रेसको शीर्ष नेताहरूको  आज बसेको बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि २२ दिने चुनावी अभियान थाल्ने निर्णय गरेको छ ।

महामन्त्री गगन थापाका अनुसार कांग्रेसले २ गतेदेखि २४ भदौसम्म केन्द्रीय सदस्यलाई ७७ वटै जिल्लामा खटाउने निर्णय गरेको छ । स्थानीय तहको निर्वाचनपछि ७७ वटै जिल्लामा कांग्रेसको पोजिसन र संगठनबारे केन्द्रीय सदस्यहरूले पार्टी नेतृत्वलाई रिपोर्ट पेश गर्नेछन्।

कांग्रेसले  ३० र ३१ साउनमा प्रशिक्षण कार्यक्रम राखेको छ । जसका लागि पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुखलाई काठमाडौं बोलाइने भएको छ ।

पदाधिकारी, पूर्व पदाधिकारी, वरिष्ठ नेताहरू सम्मिलित आजको बैठकमा सिट बाँडफाँडबारे पनि छलफल भएको थियो ।

नेताहरूले चुनावी तालमेल गरेपनि कम्तीमा सुविधाजनक बहुमत आउने गरी सिट बाँडफाँड गर्नुपर्ने धारणा राखेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x