१३ जेष्ठ २०८३, बुधबार

कोरोना भाइरसमा मौसम परिवर्तनको प्रभाव कस्तो पर्छ भन्न नसकिने-स्वास्थ्य संगठन

एसीपी संवाददाता

२९ जेष्ठ २०७७, बिहीबार १५:०२ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसमा मौसम परिवर्तनको प्रभाव कस्तो पर्छ भन्ने स्पष्ट भन्न नसकिने जनाएको छ । डब्लुएचओका आपतकालीन कार्यक्रम प्रमुख माइक रायनले पृथ्वीको दक्षिण ध्रुवमा जाडो मौसम आउँदा त्यसको कोरोना भाइरसको प्रभाव कस्तो पर्छ भन्ने स्पष्ट नभएको बताउनुभएको हो । कोरोना भाइरसको संक्रमण जाडो याममा थप तीव्र गतिमा हुन्छ वा संक्रमणको जोखिम कम हुन्छ भन्ने अहिले भन्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । यस्तै पृथ्वीको उत्तरी ध्रुवमा गर्मीयामको आगमनसँगै कोरोना भाइरसमा कस्तो प्रभाव पर्छ भन्ने पनि स्पष्ट भन्न नसकिने उहाँले बताउनुभयो । ,,,,,,,,,,,,,,,,, नेपालमा कोरोना संक्रमितको संख्या चार हजार ६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २५० जना नयाँ संक्रमित थपिएका छन् । आज थपिएका संक्रमितमा २० जना महिला छन् । नेपालमा अहिलेसम्म कोरोनाबाट १५ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा आठ महिला सहित १८७ जना उपचारपछि ‘डिस्चार्ज’ भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ८७ महिलासहित ८६१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । यस्तै हाल देशभर तीन हजार ७३८ जना ‘आइसोलेसन’मा रहेका छन् । एक लाख ६२ हजार १३ जना ‘क्वारेन्टिन’मा रहेको पनि मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण हालसम्म ७२ जिल्लामा फैलिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x