१४ मंसिर २०८३, आईतवार
माओवादी स्थायी कमिटी बैठक बस्दै : यस्तो छ छलफलको एजेण्डा
काठमाडौँ, । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दैछ ।
बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा आसन्न मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनको तयारी, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल हुने भएको छ । बैठकमा डा बाबुराम भट्टराईको पार्टीले चुनाव चिह्न र एउटै घोषणापत्रमा चुनाव लड्ने प्रस्ताव, गठबन्धनमा सिटको प्रस्ताव र राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक थप छलफलका लागि संघीय संसदमा फिर्ता पठाएको सन्दर्भमा पनि आजको बैठकमा छलफल हुने बताईएको छ ।
Subscribe
Login
0 Comments


