१३ जेष्ठ २०८३, बुधबार

कर्णालीमा थप ५५ जना कोरोना सक्रमित

एसीपी संवाददाता

२९ जेष्ठ २०७७, बिहीबार १५:३३ मा प्रकाशित

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या सात सय ६३ पुगेको छ । बिहीबार मात्रै कर्णालीमा थप ५५ जना सक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोेगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ४८ जना, सुर्खेतका ६ जना र काठमाण्डौ घर भइ सुर्खेत बस्दै आएका एक जनामा कोरोना सक्रमण देखिएको सामाजिक विकास मन्त्रालय अन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाले जनाएको छ । यस्तै कर्णालीमा ६० जना कोरोना जितेर घर फर्किएका छन् । आज मात्रै कोरोना विशेष अस्पताल सुर्खेतबाट ३१ जना घर फर्किएका छन् । कर्णालीमा कोरोना संक्रमणबाट तीन जनाको ज्यान गएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x