१४ मंसिर २०८३, आईतवार

नागरिकता विधेयकमा एमालेकाे द्वैध चरित्रकाे गृहमन्त्री खाँडले गरे एक एक भण्डाफाेर, ओली निरीह

एसीपी संवाददाता

५ भाद्र २०७९, आईतवार १०:५८ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेकाे द्वैध चरित्र र राष्ट्रपति विद्यादेवी भण्डारीकाे असहयाेगका बाबजुद नागरिकता विधेयक सरकारले दाेस्राेपटक प्रतिनिधिसभाबाट पारित गर्न सफल भएकाे छ ।

लाखाैं युवालाई नागरिकता सुनिश्चित गर्न पहिलाे पटक विधेयक पारित गर्दा नै गृहमन्त्री बालकृष्ण खाँडले सहमति नभएकाे विषय विधेयकमा नराखिएकाे जानकारी गराएका थिए ।

सहमति नभएका विषयमा सरकारले भविष्यमा सहमति जुटाउँदै जाने भन्दै नागरिकताबाट वञ्चित जन्मसिद्धका सन्तानलाई नागरिकता पाउने बाटाे खाेलिदिन आग्रह गरेका थिए । बाबुकाे पहिचान नभएका आमाका सन्तानले स्वघाेषणा गर्ने प्रावधान नियमावलीमा व्यवस्थित गरिने, गाेपनीयता कायम गरिने प्रतिबद्धता जनाएका थिए । तर पनि एमालेले वैवाहिक अंगीकृतमा निहुँ खाेज्याे । त्यसका बाबजुद पहिलाे पटक संसदबाट विधेयक पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ गयाे । लाखौं युवाले नागरिकता पाउने अवस्था बन्याे ।

संविधानले नै सुनिश्चित गरेकाे जन्मसिद्धका सन्तानलाई वशंजकाे नागरिकता र गैरआवासीय नागरिकलाई राजनीतिक र अधिकार बाहेककाे आर्थिक सामाजिक अप्रदेशधिकार हुनेगरी नागरिकता दिने बाटाे खुलेकाे भन्दै देशभर दिपावली गरिएकाे थियाे ।

तर लाखौं युवाहरूकाे भविष्यमाथि कुठाराघात गर्ने नेकपा एमालेकाे कित्तामा उभिएर राष्ट्रपतिले नागरिकता विधेयक राेकिदिइन् । एमालेले राष्ट्रपति भण्डारीकाे प्रयाेग गरेर १५ दिन विधेयक अड्काएर पुनर्विचारका लागि फिर्ता गर्न लगायाे । याे बीचमा सरकारले चुनाव घाेषणा गरिसकेकाे थियाे ।

एमालेले भने राष्ट्रपति प्रयाेग गरेर नागरिकतालाई राष्ट्रवादसँग जाेडेर चुनावी एजेण्डा बनायाे । जबकी गृहमन्त्री खाणले धेरै मेहनत गरेर, केपी ओली, सुवास नेम्वाङ लगायत प्रतिपक्षी र सत्ता पक्ष नेतासँग सम्वाद, सहमति जुटाउने प्रयास र नजुटेका विषय थाँती राख्ने भन्दै मनाएर विधेयक सदनमा ल्याएका थिए ।

त्यसविपरित एमालेकाे द्वैध चरित्र, त्यसमा राष्ट्रपतिकाे प्रयाेगले सरकारसँग निहुँ खाेज्ने काम गर्याे । लाखाै युवालाई नागरिकताबाट वञ्चित नै हुनेगरी प्रतिपक्षीले सम्मानित संस्था राष्ट्रपतिलाई प्रयाेग गरेर निहुँ खाेजेपछि सरकारले पनि काउन्टर गरयाे । भदाै २ गते एकै दिन टेबुल गरेर छलफल पश्चात साेही दिन बहुमतले विधेयक पारित गरियाे ।

विधेयक पारित गर्नुअघि एमालेले सदनमा नाटक गरेपछि गृहमन्त्री खाणले एक एक भण्डाफाेर गरे । गृहमन्त्रीको भण्डाफाेरले विधेयक पारित गर्दा प्रतिपक्षी दलका नेता केपी ओली सदनमै उपस्थित भएनन् ।

गृहमन्त्री खाणले वैवाहिक अंगीकृतमा सरकारसँग निहुँ खाेजिरहेकाे एमालेलाई उल्टै प्रश्न गरे । ०७५ सालमा तपाईंहरूकाे अध्यक्ष केपी ओलीकाे दुई तिहाइ सरकारले विधेयकमा वैवाहिक अंगीकृतकाे कुनै प्रावधान नराख्दा किन नबाेलेकाे ?

२२ महिना लगाएर राज्य व्यवस्था समितिमा बहुमतले सात वर्षे वैवाहिक अंग‌ीकृतकाे प्रावधान पारित गरेकाे विधेखाणलेयक तपाईंहरूले किन सदनबाट पारित गरेर ऐन बनाउनुभएन ?

२२ महिना लगाएर राज्य व्यवस्था समितिमा बहुमतले सात वर्षे वैवाहिक अंग‌ीकृतकाे प्रावधान पारित गरेकाे विधेखाणलेयक तपाईंहरूले किन सदनबाट पारित गरेर ऐन बनाउनुभएन ?

०७८ जेठमा ल्याएकाे नागरिकता अध्यादेशमा किन सात वर्षे प्रावधान राख्नुभएन ? ०७५ कै पुरानै विधेयककाे स्पिरिटमा आएकाे थियाे, समितिकाे सात वर्षे संशाेधनसहितकाे प्रतिवेदनलाई अध्यादेशमा किन इग्नाेर गरेकाे ? यसकाे जवाफदेहिता एमालेले लिनुपर्दैन ? सत्तामा हुँदा एउटा, प्रतिपक्षीमा अर्काे कुरा गर्ने ? नेपालकाे वैधानिक कानुन २००४ देखि २००९, ०१९, ०४७, ०६३ काे संविधानमा वैवाहिक अंगीकृत नागरिकताबारे कुनै अवधि छैन ।

विदेशी नागरिकता त्याग्ने प्रक्रिया पूरा गरेमा दिने व्यवस्था रहँदै आएकाे छ । याे अहिले आएकाे हाेइन । अवधि राख्ने कुरामा सहमति जुटाउन खाेजिएकाे हाे, जुटाउन नसकिएकाले थाँती राखेकाे विषय किन उचालेकाे ? जुन विषयले नागरिकता वितरण राेकेकाे छैन, नागरिकता ऐन २०६३ अनुसार वैवाहिक अंगीकृतले नागरिकता पाएकै छन्, त्यसमा विवाद गरेर युवाकाे भविष्यसँग जाेडिएकाे, लेख्न पढ्न नपाएकाे, खाता खाेल्न नपाएकाे, जागिर खान नपाएका जन्मसिद्धका लाखाै सन्तानले नागरिकता पाउने व्यवस्था राख्दा विधेयक अगाडि दिईएकाे छैन ।

जन्मसिद्ध सन्तानले कति दिन नागरिकता पाउनबाट वञ्चित हुने ? मन्त्री खाणले ०६३ काे संविधान बनाउँदा एमाले नेताहरूले नै सरकारमा मन्त्री रहेर कुनै अवधि बिनाकाे वैवाहिक अंगीकृतकाे व्यवस्था राख्न र ऐनबाट लागू गर्न खेलेकाे भूमिकाकाे पनि चर्चा गरेका थिए । २०६३ मा राष्ट्रिय सहमतिबाट वैवाहिक अंगीकृतमा कुनै हदम्याद नराख्न हस्ताक्षर गर्ने नेताहरू अहिले प्रतिपक्षमा छन्, सरकारमा हुँदा र अहिले अर्काे कुरा गर्ने ? चुनावकाे मुखमा मतदाता प्रभावित पार्न विधेयक ल्याएकाे भन्ने एमालेकाे आराेपकाे पनि भण्डाफाेर गरे ।

असारमा नै नयाँ विधेयक ल्याएकाे हाे, चुनाव घाेषणाअघि नै दुबै सदनबाट पारित गरेकाे विधेयक राष्ट्रपतिले फिर्ता पठाएपछि समय लागेकाे हाे, याे चुनावलक्षित विधेयक हाेइन । जन्मसिद्ध सन्तानलाई नागरिकता दिन हाे । यसलाई राजनीतिक रूपमा नहेराैं । त्यसाे त केपी ओलीले २०५७ सालमा पनि सदनमा वैवाहिक अंगीकृतमा हदम्याद राख्न नहुने भन्दै सम्बाेधन गरेकाे रेकर्ड संसद सचिवालयमा जीवित छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x