बाँके युनेस्को क्लब द्धारा स्वास्थ्य सामाग्री बाँकेका कोहलपुर र बैजनाथ गाउँपालिकालाई हस्तान्तरण

सटार्ट नेटवर्क युकेको आर्थिक सहयोगमा कतार च्यारेटी र ईस्लामिक रिलिफ नेपालद्धारा बाँके युनेस्को क्लबलाई प्रदान गरिएको महत्वपूर्ण स्वास्थ्य सामाग्रीहरुलाई बाँकेका कोहलपुर र बैजनाथ गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
कोभिड १९ विरुद्धको अभियानलाई शसक्त बनाउन उपरोक्त पालिकामा रहेका क्वारेन्टाइनहरुका लागि ती सामाग्रीहरु उपलब्ध गराईएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनु भयो ।

उहाँले सटार्ट नेटवर्क युकेको आर्थिक सहयोगमा कतार च्यारेटी र ईस्लामिक रिलिफ नेपालद्धारा क्लबलाई उपलब्ध गराईएका सामाग्रीहरु हस्तान्तरण गर्ने कार्य जारी रहेको पनि बताउनु भयो ।
ती सामाग्रीहरुलाई बाँके युनेस्को क्लबका उपाध्यक्ष पन्चम गुरुंगले कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत र बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाललाई छुट्टा छुट्टै कार्यक्रममा हस्तान्तरण गर्नुभयो ।



