५ असार २०८३, शुक्रबार
थप चौधह जना कोरोना भाइरस संक्रमणबाट मुक्त

बाँकेमा आज थप चौध जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् ।
राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकाका सात र सात जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् । कृषि तालिम केन्द्र खजुरा र कोरोना विशेष अस्पताल खजुरामा बसेका राप्तीसोनारीका सात जना र बनकटवामा बसेका बैजनाथका सात जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । योसँगै बाँकेमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या तीन सय छतिस पुगेको छ । अव आइसोलेसनमा पचिस जना मात्र बाँकी छन् । बाँकेमा तीन सय त्रिसठी जनामा कोरोना भाइरस संक्रमण देखिएकोमा दुई जनाको भने मृत्युपछि भाइरस पुष्टि भएको थियो ।
Subscribe
Login
0 Comments



