१९ आश्विन २०८३, सोमबार

नेपाल उपविजेतामा सिमित भएसंगै राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले दिए राजीनामा

एसीपी संवाददाता

४ आश्विन २०७९, मंगलवार ०७:२३ मा प्रकाशित

काठमाण्डौ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले राजीनामा दिएको घोषणा गरेका छन् । सोमवार सम्पन्न साफ महिला च्याम्पियनशिपको फाइनलपछि भएको पत्रकार सम्मेलनमा बोल्दै थापाले राजीना दिएका हुन् ।

उपाधि जिताउन नसकेपछि पदमा बस्नु उचित नरहेको बताउँदै उनले भने, ‘मैले उपाधि जित्ने लक्ष्य पूरा गर्न सकिनँ । अहिले नै पद त्यागको घोषणा गर्छु ।’ थापाले यसै प्रतियोगिताको सुरुमा प्रशिक्षकको जिम्मेवारी पाएका थिए ।

यसअघि उनले सन् २०१६ मा प्रशिक्षकको जिम्मेवारी पाउँदा पनि टोली सेमिफाइनलमा रोकिएको थियो । त्यस बेला सिलीगुडीमा भएको फाइनलमा भारत नेपाललाई हराउँदै विजेता बनेको थियो । यस पटक भारतलाई सेमिफाइनलमा हराए पनि नेपाल फाइनलमा बङ्ग्लादेशसँग तीन–एकले पराजित बन्न पुग्यो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x