१ श्रावण २०८३, शुक्रबार

चिनीयाँ राजदुत पुर्ब प्रधानमन्त्री खनालको घरमा, नेपाली राजनितीमा बढ्यो हस्तक्षेप

एसीपी संवाददाता

२३ असार २०७७, मंगलवार ०६:५२ मा प्रकाशित

पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटेकी छिन् । नेकपाभित्र आन्तरिक विवाद चर्किरहेका बेला राजदूत यान्छी मंगलबार डल्लुस्थित खनाल निवास पुगेकी हुन् । भेटमा समसामयिक विषय र आपसी सम्बन्धका विषयमा कुराकानी भएको स्रोतले बताएको छ ।

सत्तारुढ दल नेकपाभित्र शक्ति संघर्षका लागि विवाद चर्किरहँदा राजदूत यान्छीले नेकपाका शीर्ष नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएकी हुन् । आइतबार मात्रै यान्छीले नेकपाका अर्का वरिष्ठ नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेकी थिइन् ।

नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका नेपाललाई कोटेश्वर पुगेर चिनियाँ राजदूतले भेट्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । उक्त भेटघाटलाई दुवै पक्षबाट नियमित भनिए पनि नेकपाभित्रको आन्तरिक विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय रहेको राजनीतिक विश्लेषक बताउँछन् । राजदूत यान्छीले एक हप्ताअघि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई भेटेकी थिइन् ।

यसअघि राजनीतिक दलविभाजनसम्बन्धी र संवैधानिक नियुक्तिसम्बन्धी अध्यादेश प्रकरणमा नेकपाभित्र विवाद चर्किँदा चिनियाँ राजदूत होउले वैशाख १९ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग उनीहरुकै निवासमा छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् ।

असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेसँगै पार्टीभित्र आन्तरिक कलह उत्कर्षमा पुगेको छ । सभार इ कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x