१ श्रावण २०८३, शुक्रबार

कैलालीको लम्कीमा प्रधानमन्त्री ओली निकट र प्रचण्ड निकट कार्यकर्ता बिच झडप

एसीपी संवाददाता

२३ असार २०७७, मंगलवार ०७:४२ मा प्रकाशित

फाइल तस्बिर

कैलालीको लम्कीमा प्रधानमन्त्रीको पक्षमा मान्छे सडकमा उत्रिएका बेला ओली निकट र प्रचण्ड निकट कार्यकर्ता बिच झडप भएको छ ।

oli prachanda fight
फाइल तस्बिर

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा कैलालीको लम्कीमा भईरहेको प्रदर्शनका क्रममा नेकपाकै एक कार्यकर्ताले नाम तोकेरै “प्रचण्ड कमरेड ले के-के गर्नुभएको छ, हामिलाईथाहा नभएको हो र?”भनी माईकिङ गरेपछी ओली निकट र प्रचण्ड निकट कार्यकर्ता बिच झडप भएको हो ।

भारतीय चलखेलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुबाटै केपी शर्मा ओली नेतृत्वको सरकारलाई ढाल्न खोजिएको भन्दै लम्कीमा प्रदर्शन भईरहेको थियो ।

प्रदर्शनका क्रममा राष्ट्र नायक’ केपी ओली जिन्दावाद, भारतीय विस्तारवाद मुर्दावाद’, ‘अस्थिरता चाहिँदैन, सरकार ढाल्न पाइँदैन’ भन्दै युवा, विद्यार्थी र सर्वसाधारणहरूले प्रधानमन्त्री केपी ओली पक्षमा नारा समेत लगाएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x