बेजिङमा बेचिएको ओलीको राष्ट्रवाद , चीनको स्वार्थ नमिलेसम्म विवाद मिल्न सक्दैन -लोहनी


राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद बेजिङमा बेचिए बताएका छन् ।
अध्यक्ष लोहनीले चीनको स्वार्थ नमिलेसम्म नेकपाको विवाद मिल्न नसक्ने तर्क गरेका छन् । आफुलाई सवै भन्दा ठूलो राष्ट्रवादी हुँ भन्ने प्रधानमन्त्रीले पार्टीको सामान्य विवाद मिलाउन समेत विदेशीको साथ मागेर नेपालको राष्ट्रियतामाथिनै प्रश्नचिन्ह खडा गरेको लोहनीको भनाई छ ।

अध्यक्ष लोहनीले नेपालको पुरानो राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रवादलाई नेकपाले बेचिसकेको आरोप लगाए । यस्तो समयमा धेरै सजगताका साथ सरकार र सत्तारुढ पार्टीले काम गर्नुपर्नेमा उल्टै प्रधानमन्त्री र पार्टी अध्यक्ष चुन्न जनमत भन्दा बिदेशीको भूमिका बढाएको उनले बताए ।

लोहनीले बाहिरी प्रभाव बढ्नु त्यसैपनि दुखद भएको र प्रधानमन्त्रीको राष्ट्रवाद बेजिङमा बेचिएकाले मित्र राष्ट्रको क्रिडा स्थलको रुपमा नेपाललाई पुर्याएको दावीसमेत गरे। नेपाल र नेपाली हराउने अवस्था आइसकेको भन्दै उनले नेपाल सरकारलाई कस्ले टिकाएको छ भन्ने कुरै बुझन कठिन हुन थालेको धारणा राखेका छन् । सभार / समाचार नेपाल पाना



