पुर्वराजा शाहको ७४ औ जन्मोत्सव नेपालगन्जमा मनाइयो

नन्दलाल साहू / नेपालगन्जमा पुर्वराजा ज्ञानेन्द्र शाहको आज ७४ औ शुभ जन्मोत्सव नेपालगन्जमा मनाइएको छ । बाकेमा रहेकोे लागु औषध संग सम्बन्धित १४ वटा संस्थाले आज नेपालगन्जको त्रिभुवनचोकमा झन्डा तथा पुर्वराजाको तस्वीर सहित पुगी शाहको ७४ औं जन्मोत्सव भव्य रुपमा मनाएका छ्न। उक्त जन्मोत्सव कार्यक्रममा मुख्य अतिथिको रूपमा उपमहानगरपालिकाको मेयर डाक्टर धवल सम्शेर राणा रहनु भएको थिए । पुर्वराजा शाहले कोरोना महामारीलाई ध्यानमा राखी देश र जनता पीडामा भएकाले यसपटक जन्मोत्सव नमनाउने घोषणा गरिसकेका छ्न ।

तर नागरिक स्तरमा भने शाहको जन्मोत्सवको अबसरमा विविध कार्यक्रम गरिदैछ्न । पुर्वराजा शाहको जन्मोत्सव भव्य रूपमा मनाउनका लागि नेपालगन्ज ,बुटवल ,पोखरा ,काभ्रे ,झापा, पाल्पा काठमाडौ लगाएत देशभर दीप प्रज्वलन देखि मोटरसाइकल र्यालिसम्म गरिएको छ । यसैगरी जन्मोत्सव कार्यक्रमका संयोजक आगमन प्रताप सिहका अनुसार नेपालगन्जको त्रिभुवनचोकमा यथास्थानमा राजको प्रतिमा नै राख्नुपर्ने आफुहरुको चाहना रहेकोले विभिन्न १४ वटा संस्थाको माग रहेको बताएका छ्न।



