१९ कार्तिक २०८३, बुधबार

कुन देशले लगायो पाकिस्तानी मुद्रा माथी प्रतिबन्ध

एसीपी संवाददाता

१८ आश्विन २०७९, मंगलवार ०८:३६ मा प्रकाशित

अफगानिस्तानको तालिवान समूहद्वारा आफ्नो मुलुकमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको छ । अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्धमा उल्लेख्य तनाब वृद्धि भएपछि तालिबानले अफगानिस्तानमा पाकिस्तानी रुपैयाँको प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

अफगान समाचार संस्था खामा प्रेसका अनुसार पाकिस्तानी मुद्रामाथिको प्रतिबन्ध अक्टोबर १ तारिख शनिबारदेखि लागू भएको छ । तालिवान गुप्तचर निकायले अफगानिस्तानमा आर्थिक लेनदेनमा पाकिस्तानी रुपैयाँको प्रयोगलाई पूर्ण रूपमा प्रतिबन्धित गरिएको घोषणा गरेको छ । यो आदेश तालिबानको सम्पत्ति शुद्धिकरण ‘एन्टी मनी लाउन्ड्रिङ’ शाखाले मनी एक्सचेन्ज एशोसिएशनलाई जानकारी गराएको थियो ।

यस आदेश अनुसार, स्थानान्तरण, व्यापार र मुद्रा विनिमय सहित सबै वित्तीय लेनदेनहरूलाई सीमित मात्र नगरी निषेधित गरिएको छ ।प्रतिवेदनमा मुद्रा सटही डिलरलाई पाँच लाख रुपैयाँभन्दा बढीको कारोबार गर्न प्रतिबन्ध लगाइएको उल्लेख छ ।

तोकिएको रकमभन्दा बढी रकम फेला परेमा डिलरलाई कानुनी कारबाही हुन सक्छ । गत वर्षको अगष्टमा तालिवानले सत्ता कब्जा गरेयता दुई देशबीचको सम्बन्धमा विभिन्न कारणले तिक्तता आएको छ, जसमा बढ्दो सीमा सङ्घर्ष र पाकिस्तानमा प्रतिबन्धित तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) को पुनः उदय पनि समावेश छ ।

हालै तालिबानले पाकिस्तानले भूपरिवेष्टित देशमा आफ्नो हवाई क्षेत्र अमेरिकी ड्रोनले प्रयोग गर्न अनुमति दिएको आरोप लगाएको थियो । अफगानिस्तानमा अमेरिकी हवाई आक्रमणका लागि अनुमति दिएबापत पाकिस्तानले ठूलो रकम प्राप्त गरेको तालिबान समूहले दाबी गरेको छ ।

जुलाई ३१ मा, संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा एक सटीक प्रतिआतंकवाद आक्रमण गरेको थियो जसमा ओसामा बिन लादेनका सहायक र अल–कायदाका नेताको उत्तराधिकारी अयमान अल–जवाहिरीको मृत्यु भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x