१३ जेष्ठ २०८३, बुधबार

नागरिकता संशोधन विधेयक प्रति असन्तुष्ट मुस्लिम समुदाय द्वारा विरोध

एसीपी संवाददाता

२५ असार २०७७, बिहीबार ०३:२६ मा प्रकाशित

कृष्णनगर, कपिलवस्तु, – नेपालमा विहेगरि आउने बिदेशी महिलालाई सात बर्ष अनागरिक बनाउने सरकारकाे नागरिकता ऐन संशोधन विरुद्ध मुस्लिम समुदाय विराेध प्रदर्शन गरेकाे छ । विदेशी नागरिकलाई विवाह गरि नेपालकाे नागरिकताका लागि सात बर्ष अनागरिक भई बस्नुपर्ने र अंगिकृत नागरिकता गरेपनि राजनितिक नेतृत्वपंक्तिबाट बञ्चित गराउने विरुद्ध कपिलवस्तुका मुस्लिम संगठनहरु विराेध शुरु गरेका छन ।

आज कृष्णनगरमा मुस्लिम अगुवाहरुकाे संगठन इत्तेहाद नेपालका अध्यक्ष किफायतुल्लह खांले सरकारले नागरिकता ऐन संशोधन विधेयकबाट महिलामाथि विभेद बढाइ माैलिक अधिकारबाट बञ्चित गर्न खाेजेकाेले हामी यस विरुद्ध प्रदर्शन गरिएको बताउनुभएकाे छ।

धर्म निरपेक्ष राष्ट्रमा खासगरि तराईका मधेशी ,मुस्लिम समुदायलाई लक्षित गरेरै याे संशोधन विधेयक ल्याइएकोले हाम्राे समुदायलाई राजनितीक प्रतिस्पर्धामा पछाडि पार्ने षड्यन्त्र गरिएकाे अध्यक्ष खांले आराेप लगाएका छन । नेपालका अधिकांश मुस्लिम समुदायका युवायुवतीहरुकाे विहे भारत लगायत अन्य देशमा हुने गरेकाले यस विधेयकले सबभन्दा बढी मुस्लिम समुदाय नै प्रभावित हुने अध्यक्ष खांले बताउनुभयो । स्थानीय मुस्लिम समुदायका लगभग सयौ जनाका काे उपस्थितमा आज रैलि निकालेर विराेध प्रदर्शन गरेका हुन । इत्तेहाद नेपाल मुस्लिम समुदायका हकहितमा वकालत गर्ने संस्था हाे ।कपिलवस्तु टाइम्स बाट सभार गरिएको ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x