१३ जेष्ठ २०८३, बुधबार

लकडाउनका कारण धरासायी होटल ब्यावसायमा यूनुस राईको मानवतावादी कदम होटल प्रभातको घर भाँडा माफ

एसीपी संवाददाता

२५ असार २०७७, बिहीबार ०४:०३ मा प्रकाशित

कोभिड १९ कोरोना भाइरसका कारण ब्यापार ब्यावसायमा गरेको तहस नहस भयेको पर्यटन ब्याबसायी कहिले खुल्ने हो थाहा छैन यस्तो परिस्थितिमा केही मनकारी घरबेटी बाट घर भाडा छुट दिने क्रम शुरु भएको छ ।
छुट गर्ने सम्पुर्ण मनकारी घरबेटी हरुलाइ हार्दिक आभरका साथै धन्यवाद ज्ञापन गर्न गर्न होटल ब्यवसायी संघले जनाएको छ । बुधबार समाज सेबि तथा मनकारी हाजी मोहम्मद युनुस राईले ब्यबसायिको कुरा गुनासोको परिस्थिति बारे भन्यो र उहाले हाम्रो कुरा सुनिसके पछी होटेल ब्याबसायी को कार्यलयमा आइ उहाको मनबाट नै होटेल प्रभात बिपि चोक का प्रो राज कुमार बि क र गजेन्द्र थापा लाई ३ महिनाको घरभाडा पुर्ण रुपमा छुट गरेका छन् ,

सहज बाताबरण नहुदा सम्म आपसी समझदारीमा तय गर्ने भन्नू भयो उहालाइ होटेल ब्याबसायी संघ बाके नेपालगन्जको तर्फ बाट र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद दिएका छन् । यस्ता मनकारी घरबेटीको सम्पुर्ण घरबेटी लाई यस्तो परिस्थिति लाई मध्यनजर गर्दै घरभाडा छुट गर्दिन हुन हार्दिक अपिल गर्दछौ साथै मनकारी घरबेटी लाई भेटघाट कार्यक्रम जारी रहेको जानकारी गराउदछौ। अहिले देश भरमा कोरोना महामारीका कारण पसल,ब्यापार ब्यवसायहरु ठप्प रहेको छ यस्तो आवस्था ब्यापारीहरु पिडित हुदै आएका बेला घर मालिमबाट यो सहयोग मानव जातीका उदाहरणीय कार्य भएको भन्दै सराहना भइरहेको छ । यसै बीच केहि आगाडी कोरोना कहरका कारण जारी निरन्तरको लकडाउनले बाँकेमा होटल व्यवसायी धराशयी भएपछि व्यवसायीहरुले सरकार गुहारेका हुन् ।
व्यवसायी सम्बद्ध संघ संस्थाहरुले सयुक्त रुपमा बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांग मार्फत सरकारलाई ज्ञापनपत्र पठाउँदै आफ्नो पछिल्लो अवस्थाका ११ बूँदे माग अघि सारेका छन् । उनीहरूले सरकारसँग राहत प्याकेज ल्याउन माग पछिल्लो अवस्थाबारे सरकारलाई अवगत गराएको होटल व्यवसायी संघ नेपालगन्ज बाँकेका प्रवक्ता डिलाराम पौडेलले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Khem bdr gupta
Khem bdr gupta
5 years ago

Good job

1
0
Would love your thoughts, please comment.x
()
x