कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महत र नीजि व्यवसायी बीच छलफल

कोरोना महामारीपछि गरिएको लकडाउन र अहिलेको अवस्थाका बारेमा कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थिति अनुगमन समितिले नीजि व्यवसायीहरुसंग छलफल गरेको छ । बिहीबार काठमाडौंमा भएको छलफलमा उद्योग वाणिज्य महासंघ, चेम्वर अफ कमर्श लगाएतका संस्थाका प्रतिनिधिहरुको सहभागीता थियो । उनीहरुले अहिलेको अवस्थामा राज्यले खुकुलो नीति बनाएर व्यवसायीहरुलाई सहयोग गर्नुपर्ने धारणा राखेका थिए । नेपाली कांग्रेसका सह–महामन्त्री महत्तले बजेटमा पनि निजी व्यवसायलाई कोरोनापछिको अवस्थामा उकास्न कुनै पनि कार्यक्रम नल्याएको बताउनुभयो । उहाले मुलुकलाई अघि बढाउन आर्थिक, सामाजिक तथा पर्यटन क्षेत्रलक्षित कार्यक्रम ल्याउनुपर्ने धारणाा पनि राख्नुभयो ।
त्यस्तै लकडाउनपछि बढ्दो बेरोजगारी र बन्द रहेका उद्योगहरुलाई सहज रुपमा सञ्चालन गर्ने बिषयमा पनि छलफल भएको थियो ।



