“” सम्पति “” प्रहरी पेशा होईन सेवा हो
अमर माझी प्रहरी निरिक्षक
२०६२ सालको एस एल सी परिक्षा पश्चात छुट्टीएका साथीहरु करिब १५ बर्षको अन्तराल पछी एउटा सानो शहरमा भेट भयो । ति साथी मध्ये १ जना प्रहरीमा थियो । सोही शहरमा सबैको भेट भयो । कोही चार्टर अकाउण्टेण्ट थिए, कोही विदेशीका थिए, कोही ठेकेदार पनी थिए भने अधिकांश व्यापारी थिए । धेरै समयको अन्तराल पछी भेटमा गेट टुगेदर गर्ने योजनामा थिए । अधिकांश साथीहरुको जिवन शैली निकै शानदार थियो । प्रहरीमा भएको साथी ड्युटीमा भएको कारण बर्दि मै थियो । सबै साथीहरु आ-आफ्नो प्रगति र सम्पन्न जिवन शैलीले खुशी थिए । प्रहरी भएको साथीको सामान्य जिवन शैली थियो ।सबैले आ-आफ्नो १५ बर्षको प्रगतिका गाथा खुशीका साथ सुनाए । अब पालो प्रहरी पेशामा भएको साथीको थियो, उसले पनि आफ्नो राष्ट्र र जनताको सेवामा समर्पित भएर प्राप्त सन्तुष्टिको गाथा सुनायो र भन्यो मेरो धन सम्पत्ति र कमाइ जे पनी जनताको रक्षा नै हो भन्यो । सबै साथीहरु मुखामुख गर्न थाले ।
यत्तिकैमा एक जना प्रहरी आएर सेल्युट गर्दै भन्यो “सर त्यो हत्यारालाई अदालतले जन्म कैद र पीडितका परिवारलाई क्षतिपूर्तिको फैसला सुनाएको छ ” । यत्तिकैमा पीडितका परिवार पनी सोही स्थानमा पुगेर भने ” तपाईं जस्तो राष्ट्र सेवक हुनुहुन्छ र त अपराधीले सजाय र हामीले न्याय पाएका छौ ।
उ शव्द विहीन बन्यो । वातावरण सुनसान भयो । त्यहाँ भएका साथीहरु प्रहरी साथीलाई अंगालो मार्दै भने “वास्तवमै धनी त तिमी रैछौ साथी, तिमी जस्तै प्रहरी अहोरात्र ड्युटी मा छन् र त जनताले चयनको निद्रा सुत्न पाएका छन् । तिमी जस्तै प्रहरी छन् र अपराधीले सजाय र पिडितले न्याय पाएका छन् । आम जनता स्वतन्त्र रुपले हिडडुल गर्न पाएका छन् ।

प्रहरी आफ्नो धर परिवार छोडेर ड्युटीमा छन् त र छुट्टीएका आफन्त चाड पर्वमा हाँसी खुशी परिवार संग रमाउन पाएका छन् । प्राकृतिक विपत्तिमा आफ्नो ज्यानको बाजी लगाएर उद्दार गर्छन् जनताको ज्यान बचाउछन् । बाटो, चोक- चोकमा प्रहरी हुन्छ र त सबैलाई सुरक्षित महसुस हुन्छ” । वास्तवमै धनी त तिमी रहेछौ साथी । साथीको हात समाउदै प्रहरी साथी भन्छ “ढिलै भएपनि, थोरैले भएपनि हामी प्रहरीको ईमान्दारिता, मेहनत र सेवाको महत्त्व बुझ्यौ ।
साथीहरु जती तिमीहरुले प्रहरीको बारेमा बुझ्यौ त्यो, तिमीहरु सबैले आफ्नो साथी, घर परिवार, गाँउ र समाजमा बुझाई दिनु र भन्नु कि नागरिक बर्दि विनाका प्रहरी हुन र प्रहरी बर्दि सहितका नागरिक हुन् ।
प्रहरी पनी त्यही समाज र वातावरण बाट आएको हो । कही कतै प्रहरीबाट भुलवश गल्ती भएमा प्रहरीलाई शतर्क गराउनु हरेक व्यक्तिको कर्तव्य हुन आउँछ । यही सन्देश व्यक्ति, परिवार, समाज हुदै देश भरी पुगोस् ” मेरो तिमीहरु बाट यही अपेक्षा छ र मान्ने छु कि तिमीहरु पनि बर्दि विनाकारण प्रहरी हौ र प्रहरीका शुभ चिन्तक हौ। हरेक नागरिकको कानुनको पालना गराउन र समाजमा शान्ति सुरक्षा कायम गर्न त्यत्तिकै भुमिका हुनेछ जति हामी प्रहरीले गरीरहेका छौ ” । यति भन्दै उसले लामो स्वास फेर्यो । सबै साथीहरुले अंगालो मार्दै आफ्नो-आफ्नो स्थानमा बसेर रहेर प्रहरीलाई सधै सहयोग गर्ने वाचा गर्दै छुट्टीए । उ पनि आफ्नो व्यारे क्याप, डायरी र वाकी ट्वाक्क सेट समात्यो र ड्युटी तर्फ लाग्यो ।
अमर माझी प्रहरी निरिक्षक



