कोहलपुर नगरपालिकाले निर्णय तुरुन्त फिर्ता नलिए थाकसको आन्दोलन गर्ने घोषणा

बाँके जिल्ला कोहलपुर नगरपालिकाले नगरकार्यपालिका द्वारा स्वस्फूर्त रूपमा कोहलपुर नगरपालिका लाई प्रदेश न ५ को राजधानी भौतिक दुरिले टाढा र भएको र बिगतदेखी हालसम्म कर्णाली प्रदेशको ब्यापारको मुख्य नाकाको हिसाबले पनि नजिक अथवा भौतिक दुरिपनी नजिक पर्ने भएकोले कोहलपुर लाई सुर्खेत प्रदेश राजधानी पाएक पर्ने भएकोले कर्णाली प्रदेशमा मिसिन सहमत भएकोमा थारु कल्याणकारिनी सभा जिल्ला शाखा बाँकेले कोहलपुर नगरपालिका प्रमुख मेयर लूट बहादुर रावत र उप प्रमुख सन्जु कुमारी चौधरी लाई ध्यानाकर्षण गराएको छ ।

उक्त ध्यानाकर्षण तथा ज्ञापन पत्र थारु कल्याणकरिणी सभा बाँके जिल्ला अध्यक्ष बिनोद थारु लगाएत थारु कल्याणकरिणी सभाका पदाधिकारीहरु सहितको उपस्थितिमा मेयर रावतको कार्यकक्षमा गएर बुझाईएको हो । उक्त ज्ञापन पत्रमा यो निर्णय कोहलपुर नगरपालिकाले तुरुन्त फिर्ता नलिए थाकसले आन्दोलन गर्ने र आन्दोलन बाट भएको क्षतिको कोहलपुर नगरपालिकाले जिम्मेवारी लिनु पर्ने कुरा उल्लेख गरिएको थाकस बाँके शाखा अध्यक्ष बिनोद थारुले जानकारी दिनु दिएका छन् ।




