२१ कार्तिक २०८३, शुक्रबार

आचारसंहिताको धज्जी उडाएपछि इस्तियाक राईमाथि आयोगले लियो एक्सन, तह लगाउन आफै खटिए सीडीओ

एसीपी संवाददाता

२५ कार्तिक २०७९, शुक्रबार ०९:३७ मा प्रकाशित

काठमाडौं । बाँके २ मा धवलशम्शेर राणाको क्रेज बढ्दै जाँदा आत्तिएका जसपाका उम्मेदवार ईस्तियाक राईले सिलसिलेवार रुपमा निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै गएपछि निर्वाचन आयोगले एक्सन लिएको छ । 

यसअघि डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु) धम्क्याएको भन्दै २४ घण्टे स्पष्टीकरणमा परेका राईले आचारसंहिता उल्लंघनलाईको सिलसिलालाई कायमै राखेपछि आयोगले स्थानीय प्रशासनलाई कडा निर्देशन दिएको छ ।

आयोगले आचारसंहिता उल्लंघनमा संलग्न उम्मेदवार इस्तियाक राई र उनको दललाई तह लगाउन बाँकेको प्रमुख जिल्ला अधिकारीलाई कडा निर्देशन दिएको हो । उम्मेदवार राईको क्षेत्र बाँके २ स्थित जनता समाजवादी पार्टी नेपालको वडा इकाई समितिको कार्यालय नेपालगञ्जमा निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै राखिएको राईसहित उक्त दलका उम्मेदवारको फोटो तथा चुनाव चिन्ह सहितको फ्लेक्स र निर्वाचन चिन्हको तोरण हटाउन आयोगले सीडीओ नै परिचालन गरेको छ । आयोगले यसमा उम्मेदवार राईलाई जरिवाना गर्ने चेतावनीसमेत दिएको छ ।

आयोगले लेखेको पत्रमा भनिएको छ, ‘उपर्युक्त सम्बन्धमा जनता समाजवादी पार्टी नेपालको वडा इकाई समितिको कार्यालय नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२ बाँकेमा उक्त दलका उम्मेदवारको फोटो तथा चुनाव चिन्ह सहितको फ्लेक्स र निर्वाचन चिन्हको तोरण बनाई राखेको विषयमा आयोगमा उजुरी प्राप्त भई यो पत्र लेख्ने कार्य भएको छ ।’

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ड) मा “उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाईएको ३ ×४ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न बाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य समाग्रीहरु प्रदर्शन गर्न नहुने” व्यवस्था छ ।

ऐ. दफाको खण्ड (ढ) मा “उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकका स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य समाग्रीहरु प्रदर्शन गर्न नहुने तर राजनितिक दल वा उम्मेदवारले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा वा घरदैलो कार्यक्रममा खण्ड (ड) बमोजिमको आकारका दश दश वटा सम्म झण्डा र चुनाव चिन्ह प्रयोग गर्न तथा राजनीतिक दल तथा उम्मेदवारको नाम र चिन्ह भएको एउटासम्म तुल वा फ्लेक्स राख्न बाधा पर्ने छैन” भन्ने व्यवस्था छ ।

उल्लेखित कानूनी व्यवस्था रहेको सन्दर्भमा जनता समाजवादी पार्टी नेपालको वडा इकाई समितिको कार्यालय नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२ बाँकेमा उक्त दलका उम्मेदवारको फोटो तथा चुनाव चिन्ह सहितको फ्लेक्स र निर्वाचन चिन्हको तोरण बनाई राखेको विषयमा आवश्यक जाँचबुझ गरी जिल्ला भित्र कुनै पनि स्थानमा रहेका निर्वाचन आचारसंहिता विपरितका निर्वाचन प्रचारप्रसार सामग्री तत्काल हटाउन निर्देशन दिई सम्बन्धित उम्मेदवार (प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य) लाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम कारवाही गर्न २४ (चौबीस) घण्टाभित्रै स्पष्टीकरण लिई थप कारवाही गर्नुपर्ने भए आयोगमा पठाउन आयोगले निर्देशन दिएको हो । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x