१ आश्विन २०८३, बिहीबार

र्‍यापर निमा लामाको ‘कमिसन’ बजारमा

एसीपी संवाददाता

२८ कार्तिक २०७९, सोमबार २०:०३ मा प्रकाशित

गायिका सुस्मिता र उनै गायक कर्साङ लामाको ‘कमिसन’ सार्वजानिक

काठमाडौ ।  गायक एंव संगीतकार कर्साङ लामाको चुनाव लक्षित गीत ‘कमिसन’ बजारमा आएको छ ।गीतलाई पारिजात नेपालको अफिसियल युटुब च्यानलमार्फत आइतबार सार्वाजानिक गरिएको हो । 

गायिका सुस्मिता स्याङ्तान र उनै गायक एंव संगीतकार कर्साङ लामाको आवाज रहेको गीतलाई विवेक लोप्चनले लेखेका हुन । जेम्स जिम्बाको र्याप कम्पोज गरेको गीतलाई कर्साङ लामाले नै संगीत संयोजन र मिक्सिङ गरेका हुन ।

पछिल्लो समय निकै चर्चा बटुलिरहेका र्यापर निमा लामाको र्याप रहेको गीतमा निर्वाचनमा हाम्रोलाई भन्दा राम्रोलाई छान्नु पर्ने सन्देश छ ।  तामाङ चलचित्र जगतका महानायक अमिर दोङ तामाङले निर्देशन , त्रिलोक लामाले छायांकन र राजु लामाले सम्पादन र कलर गरेका हुन । भिडियोमा यग्य मोक्तान र अशिम लोप्चन तामाङलाई पनि देख्न सकिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x