२१ कार्तिक २०८३, शुक्रबार

पाकिस्तानको ऋण र दायित्व एकै त्रैमासिकमा १२२ खर्ब रुपैयाँले बढ्यो

एसीपी संवाददाता

४ पुष २०७९, सोमबार ०९:४० मा प्रकाशित

एजेन्सी –   पाकिस्तानको कूल ऋण एवम् वित्तीय दायित्व १२२ खर्ब पाकिस्तानी रुपैयाँले बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा पाकिस्तानको ऋण एवम् वित्तीय दायित्व २३ दशमलव ७ प्रतिशतले बढेको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रदान गरेको ऋण र पाकिस्तानी रुपैयाँको गिर्दो मूल्यका कारण ऋण बढ्न पुगेको द न्युज इन्टरनेशनलले जनाएको छ ।
भारतीय समाचार संस्था एएनआईका अनुसार आर्थिक वर्ष २०२२/२३ को पहिलो त्रैमासिक अर्थात जुलाईदेखि सेप्टेम्बरसम्म पाकिस्तानको कूल ऋण एवम् वित्तीय दायित्व ६२४ खर्ब ६० अर्ब पाकिस्तानी रुपैयाँभन्दा धेरै छ । अघिल्लो वर्षको यही अवधिमा मुलुकको कूल ऋण ५०४ खर्ब पाकिस्तानी रुपैयाँ रहेको थियो ।

समाचारमा जनाइएअनुसार यस अवधिमा पाकिस्तानको ऋण २४ दशमलब ७ प्रतिशतले बढेर ५९३ खर्ब पुगेको छ भने वित्तीय दायित्व २३ प्रतिशतले बढेर ३५ खर्ब ६० अर्बभन्दा धेरै पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x