१३ असार २०८३, शनिबार

चार बालबालिका कोरोना भाइरसबाट मुक्त

एसीपी संवाददाता

१७ भाद्र २०७७, बुधबार ०६:१६ मा प्रकाशित

नेपालगन्ज १७, भदौ । बाँकेमा आज चार बालबालिका कोरोना भाइरसबाट मुक्त भएर आइसोलेसनबाट डस्चार्ज हुदैछन् । एकजना बालिकासहित चारजना कोरोना भाइरस संक्रमणबाट मुक्त भएर घर जान लागेका हुन् ।

डिस्चार्ज हुनेमा कोहलपुरनगरपालिका वडा नं.–११ का ६ बर्षीया बालिका, ८ र १० बर्षीय बालक छन् । ८ बर्षीय बालकमा लक्षणसहितको भाइरस देखिएको थियो । उनलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको थियो भने ६ बर्षीया बालिका र १० बर्षीय बालकलाई भने कोहलपुरकै होटेल अतितिको आइसोलेसन सेन्टरमा राखिएको थियो ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका–१२ का ८ बर्षीय अर्का बालकलाई भने भेरी अस्पतालको आइसोलेसनमा राखिएको थियो । भाइरस संक्रमण देखिएपछि उनीहरु भदौ तीन गते आइसोलेसन भर्ना भएका थिए । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले बुधवार चार बालबालिकासहित १३ जना डिस्चार्ज हुन लागेको जानकारी दिनुभयो ।

बाँकेमा अहिलेसम्म ७ सय ५९ जना डिस्चार्ज भइसकेका छन् । जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ८५ पुग्दा निको हुने दर ६९.९५ प्रतिशत रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो । बाँकेमा कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म तीन महिलासहित ६ जनाले ज्यान गुमाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x