११ कार्तिक २०८३, मंगलवार

चिनियाँ प्रोडक्टस सँग जोडिएका १३८ बेटिंग र ९४ लोन एप लाई भारत सरकारले प्रतिबन्ध लगाए

एसीपी संवाददाता

२५ माघ २०७९, बुधबार ०९:५० मा प्रकाशित

एजेन्सी -भारत सरकारले सुरक्षा व्यवस्थालाई मध्यनजर राख्दै चीनद्धारा उत्पादन गरिएका विद्युतिय एपहरुलाई प्रतिबन्ध लगाएको छ ।
गत वर्ष, इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयले भारतको सुरक्षालाई खतरामा पार्ने ५४ चिनियाँ एपहरूमा प्रतिबन्ध लगाएको थियो ।
मंगलबार, भारतले चिनियाँ मूलका तथा त्यस संग जोडिएका एपहरूमा नयाँ प्रतिबन्ध लगाएको हो । चीनले चौथो पटक वास्तविक नियन्त्रण रेखा (एलएसी) को लद्दाख सेक्टरमा सीमा अवरोध गरेको खुला रूपमा देखा परेपछि सुरक्षा व्यवस्थामा खलल पुर्याउने एवं विभिन्न माध्यमबाट डाटा संकलन गर्न सकिने भएपछि भारत सरकारले त्यस्ता चिनियाँ एपहरु विरुद्ध कठोर कदम उठाएको हिन्दुस्तान टाइम्सको रिपोर्टमा उल्लेख गरिएको छ ।
यो सँगै भारतले प्रतिबन्धित चिनियाँ मूलका एपको कुल संख्या २६७ पुगेको छ । भारतीय कन्द्र सरकारले अत्यावश्यक र आपतकालिन आधारमा चिनियाँ लिङ्क भएका १३८ भन्दा बढी बेटिंग र ९४ वटा लोन एप लाई ब्लक गर्दै प्रतिबन्ध लगाएको छ । केन्द्रीय गृह मन्त्रालयको सिफारिसका आधारमा विद्युतीय तथा सूचना प्रविधि मन्त्रालयले कारबाही गरेको बताइएको छ ।
१३८ बेटिंग एपहरूमा देशको सार्वभौमसत्ता र अखण्डतामा प्रतिकूल असर पार्ने सामग्री रहेको पुष्टि भएपछि यसप्रकारको निर्णय लिइएको हो ।
एपहरूमा इक्वेलाइजर र बास बूस्टर, टेन्सेन्ट एक्सरिभर, ओन्मायोजी चेस र डुअल स्पेस लाइट समावेश थिए । भारत सरकारले ५४ वटा एपले आलोचनात्मक अनुमति लिएको र प्रयोगकर्ताको संवेदनशील डाटा सङ्कलन गरेको बताएको थियो । डाटा दुरुपयोग गरी सत्रु देशको सर्भरमा पठाइएको थियो, आईटी मन्त्रालयले एक विज्ञप्तिमा भन्यो ।
यी एपहरू क्लोन गरिएको संस्करण हुन् वा समान प्रकार्यता, गोपनीयता समस्याहरू र सुरक्षा खतराहरू छन् । जुन २०२० मा, सरकारले ५९ एपमा प्रतिबन्ध लगाएको थियो र पछि अगस्ट १०, २०२० मा ४७ सम्बन्धित÷क्लोनिङ एपहरू ब्लक गरेको थियो ।
सेप्टेम्बर १, २०२० मा ११८ एपहरू र सोही वर्ष नोभेम्बर १९ मा थप ४३ एपहरूलाई ब्लक गरिदै प्रतिबन्ध लगाइएका थिए । हिन्दुस्तान टाइम्स लगायत विभिन्न समाचार माध्यमको आधारमा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x