१३ असार २०८३, शनिबार

सरकारबिरुद्ध विरोधसभा,प्रहरी हस्तक्षेप

एसीपी संवाददाता

३० भाद्र २०७७, मंगलवार ०९:२० मा प्रकाशित

सरकारको कामकारवाहीको विरुद्ध काठमाडौंको बागबजारमा नेपाली कांग्रेस (वी.पी.)ले आयोजना गरेको विरोध सभामा प्रहरीले हस्तक्षेप गरेको छ ।

कोरोना महामारीकाबीच पनि सरकारले जनताको पक्षमा कुनै पनि काम गर्न नसकेको भन्दै कांग्रेस (वी.पी.) ले सरकारबिरुद्ध विरोधसभाको आयोजना गरेको थियो । पद्मकन्या क्याम्पसको गेट बाहिर प्रदर्शन गर्न खोज्दा प्रहरीले पानीको फोहरा प्रहारगरि तितरवितर पारेको थियो ।

प्रहरीले हस्तक्षेप गरेपछि विरोधसभा नै प्रभावित भएको थियो । कोरोना माहामारीका कारण युवाहरु बेरोजगार भएको, व्यवसाय गर्ने वातावरण बन्न नसकेको अवस्थामा सरकार भने मौन रहेको कांग्रेस (वी.पी.)को आरोप छ । त्यस्तै कांग्रेस (वी.पी.)ले सरकारले राष्ट्रघाति काम गरेको आरोप पनि लगाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x