२१ बैशाख २०८३, सोमबार

तिन दिनभित्र सिंहदरबार लगायतका क्षेत्रको फोहोर उठाउन महानगरलाई सर्वोच्चको आदेश

एसीपी संवाददाता

८ बैशाख २०८०, शुक्रबार १६:५२ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले सिंहदरबार र राष्ट्रपति निवासलगायतका क्षेत्रको फोहोर तीन दिनभित्र उठाई विसर्जन गर्न काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश दिएको छ ।

काठमाडौंका मेयर बालेन शाहले संघीय सरकारले सहयोग नगरेको भन्दै सिंहदरबार र राष्ट्रपति निवासको फोहोर नउठाउने सार्वजनिक उर्दी जारी गरेका थिए । त्यसपछि सिंहदरबार र राष्ट्रपति निवासको फोहोर उठेको थिएन ।

यही विषयलाई लिएर अधिवक्ता पदमबहादुर श्रेष्ठलगायतले काठमाडौं महानगरविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाई गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।
साथै सर्वोच्चले फोहोर व्यवस्थापन हुने ल्यान्डफिल साइटको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x