१४ मंसिर २०८३, आईतवार

गाली गलौच धेरै भयो, अब इनफ इज इनफ : प्रधानमन्त्री दाहाल

एसीपी संवाददाता

२७ जेष्ठ २०८०, शनिबार ०४:१८ मा प्रकाशित

काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अराजकताले सीमा नाघिसकेकाले इनफ इज इनफ भन्ने अवस्थामा पुगी सकेको बताएका छन् ।

आज पार्टीको रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलालाई काठमाडौँमा सम्बोधन गर्दै प्रचण्डले एकले अर्काको खुट्टा तान्ने र एक आपसमा गाली गलौच धेरै भई सकेकाले रोकिनुपर्ने बताए ।

उनले भने, ‘नेपालमा अति भइसक्यो इनफ इज इनफ भन्छन्  नि त्यो गर्ने बेला भयो ।  एकले अर्काको खुट्टा तान्ने आपसमा गाली गलौच गर्ने तछाड र मछाड धेरै भयो, ‘देश बनाउन होइन देश बिर्गान तछाड मछाड गरे जस्तो विगतको अनुभव भयो । अब देश बनाउन राष्ट्रिय एकता गर्नुपर्ने भयो ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x