१४ मंसिर २०८३, आईतवार
राष्ट्रपति पौडेल पुन:अस्पताल भर्ना
नेपालगन्ज । मुटुमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल पुनः अस्पताल भर्ना भएका छन् ।
राष्ट्रपति पौडेलको मुटुमा समस्या भएपछि आज बिहान २ बजे शिक्षण अस्पताल महाराजगन्ज लगिएको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् ।
राष्ट्रपति पौडेललाई शिक्षण अस्पतालसँगै रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरेर चिकित्सकको निगरानीमा राखिएको छ ।
राष्ट्रपति पौडेल गत मंगलबार राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए ।
Subscribe
Login
0 Comments


