१ श्रावण २०८३, शुक्रबार
नेपाल-चीनबीचको १३ नम्बर सीमास्तम्भ निरीक्षण गर्न नेपाली टोली सीमा क्षेत्रमा

नेपाल-चीनबीचको १३ नम्बर सीमास्तम्भ निरीक्षणका लागि नेपाली टोली सीमा क्षेत्रमा पुगेको छ ।
चीनले भवन बनाएको विषयले राष्ट्रिय राजनीति तरंगित
मुगुका सहायक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) केशव ज्ञवालीको नेतृत्वमा १४ सदस्यीय निरीक्षण टोली खटिएको प्रजिअ कृष्णकुमार निरौलाले जानकारी दिए । उनका अनुसार निरीक्षण टोलीमा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी र मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष लगायत छन् ।


सीमास्तम्भ हराएको र भेट्टायो भन्ने समाचार पढेँ
सीमा क्षेत्र जिल्ला सदरमुकाम गमगढीबाट चार दिनको पैदल दुरीमा छ ।
‘सीमास्तम्भको अवस्था बुझेर आवश्यक परे मर्मत, सम्भार गर्न र बिओपी स्थापनाका लागि उपर्युक्त स्थान छनोटका लागि टोली खटिएको हो’ प्रजिअ निरौलाले अनलाइनखबरसँग भने, ‘चिसोका कारण दशैंपछि जान नसकिने भएकाले अहिले नै नियमित निरीक्षणका लागि पठाएका हौं ।’ सभार-नयाँ पत्रिका तस्बिर





[…] […]
[…] […]
[…] […]