१४ मंसिर २०८३, आईतवार

समाजवादी मोर्चाको घोषणा भोलि हुने, नेतृत्वमा आलोपालो

एसीपी संवाददाता

३ असार २०८०, आईतवार १३:३९ मा प्रकाशित

काठमाडौँ– नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चाको घोषणा भोलि हुने भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकले भोलि मोर्चा घोषणा गर्ने निर्णय गरेको हो । 

कार्यदलस्तरमा घोषणापत्र तयार भएसँगै भोलि दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा औपचारिक रुपमा मोर्चाको घोषणा गरिने बताइएको छ ।

मोर्चाको नेतृत्व आलोपालो गर्ने नेताहरूबीच सहमति भएको छ । यस्तै, आवश्यकताका आधारमा तल्लो तहसम्म मोर्चाको संरचना बनाउन नेताहरु सहमत भएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x